डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखिः मुख्यमन्त्री राई

विरानगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् । 

 

आइसिटी मिडियाद्वारा शुक्रबार आयोजित स्टार्टअप एण्ड इनोभिएशन  दुई दिने मेलाको उद्घाटन गर्दै उनले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिए । 

 

मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गरे । 

 

उनले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जानकारी दिए ।

 

मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी बजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरबाट शिक्षामा जोडी १० वर्षभित्र प्रदेशबाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थामा सिर्जना गरिनेछ भने । 

 

आसिटी मिडियाका अध्यक्ष राजन लम्साल, क्यानका सन्तोष दाहाल, प्रविन कुण्डलिया, निर्मल थापा, हरि अधिकारी, पुसेट कलेजका मनोज साह, प्याब्सनका प्रेमलाल साह र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले उत्तर–दक्षिण बाटोको सुविधा, पर्यटन पूर्वाधार निर्माण र जलविद्युत् उत्पादनमा ध्यान केन्द्रीत गरेमा रोजगारी र आर्थिक समृद्ध कायम हुने विचार व्यक्त गरे । 

 

स्टार्टअप र स्थानीय उद्यमशीलतालाई स्थानीयस्तरमा प्रवद्र्धन गर्नु मेलाको उद्देश्य रहेको छ । मेलामा सूचना प्रविधिसम्बन्धी ५० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गरिएको छ । 


थप समाचार

अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

  • 59 minutes ago
अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, १ सय १३ पुगे संक्रमित

  • 1 hour ago
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, १ सय १३ पुगे संक्रमित

तनहुँ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

युकेमा कोरोना संक्रमणबाट ४० हजार ४ सय ६५ को मृत्यु

  • 1 hour ago
युकेमा कोरोना संक्रमणबाट ४० हजार ४ सय ६५ को मृत्यु

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।