निजी सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई हेलिकोप्टरमा पुगेपछि चर्को आलोचना

ओखलढुंगा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा आएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोवाइल्स प्रालिले सञ्चालन ल्याएको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएका हुन् ।  

 

मुख्य मन्त्री राई प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकोप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आएका थिए । उनी महेन्द्रा कम्पनीका प्रतिनिधी, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकोप्टरबाट दिउँसो रुम्जाटार १२ः३० बजे आएर सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाण्डौ लागेका थिए ।  

 

उक्त रुम्जाटार अटोमोवाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइन्छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई उक्त कम्पनीको सोरुम उद्घाटन गर्न आएका हुन् । यस अघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो ।

 

निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उयपुक्त नभएको सरोकारवाले बताएका छन् । नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी ससाना काममा मुख्य मन्त्री कुद्न उपयुक्त नभएको बताए । उनले भने, ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसावले सबै ठाउँ जानुपर्छ ।’ 

 

मुख्य मन्त्री भएपछि राई ओखलढुंगा तीन पटक आइसकेका छन् । तर नेकपाका कार्यकर्ता भने उनको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय नपुगी दिनभरी बसेर फर्किएपछि कार्यकर्ता चिढिएका हुन् । 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 9 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 9 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।