शेर्पा पर्यटन सदभावना दूतमा नियुक्त

  • शुक्रबार, १७ असोज, २०७६
  • 8 months ago
  • अर्थ

काठमाडौँ । छिरीङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दूतमा नियुक्त भएकी छिन् । पर्यटन व्यवसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावनादूत नियूक्त भएकी हुन् । 

 

भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादूत नियूक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया गर्ने जनाएको छ । 

 

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावनादूतको रुपमा नियूक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पालाइ नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

 

नेपालको पर्यटन प्रबद्र्धन, नेपाली कला, संस्कृतिको सम्बद्र्धन गर्दै भ्रमण बर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशिल हुने सद्भावनादूत नियूक्तभएपछि शेर्पाले प्रतिबद्धता व्यक्त गरिन् । नेपालको पर्यटन प्रबद्र्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

 

मिसेस नेपाल टुरिजमको उपाधी जितेर आफू नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा आधिकारीक रुपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावनादूत नियूक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबर्धनमा भूमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरिन् । शेर्पाले नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागि जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।  

 

सरकारले पर्यटन बर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ  भने संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ ।

 

छिरिङ डोल्मा शेर्पा  नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त भए संगै अमेरिका नेपालको पर्यटन पर्बर्धनको लागि अमेरिका प्रस्थान गरेकी छिन भने उनलाई अमेरिका प्रस्थान गर्नु अघि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।