IIMS College

ISMT

HUB Education

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • सोमबार, २३ मंसिर, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ नेतृत्व चुनिएको छ । आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । 

 

नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र गंगा अधिकारी सहकोषाध्यक्ष छन् । 

 

त्यसैगरी सांस्कृतिक सचिवमा सुशिला पौडेल र तानिया जैन तथा सदस्यहरुमा शंकर श्रेष्ठ, दिल रुचाल, भरत श्रेष्ठ, अरबिन्द सहनी, प्रदिप रेड्डी, भिमबहादुर गुरुङ, निरज तिवारी, निरज शर्मा र शरद कुलकर्नी चुनिएका छन् । अहिले रिक्त सहसचिव पदमा भने पछि मनोनित गर्ने बताइएको छ । 

 

नवनिर्वाचित अध्यक्ष बानियाँ यसअघि सेन्टरका सल्लाहकार थिए । महासचिव भट्टराई भने अघिल्लो कार्यसमितिमा पनि सोहि जिम्मेवारीमा थिए । उपाध्यक्ष निर्वाचित रेग्मी अघिल्लो समितिका कोषाध्यक्ष हुन् ।

 

संस्थाका निवर्तमान अध्यक्ष रोहित गुरुङलाई संरक्षक नियुक्त गरिएको छ भने बोर्ड अफ ट्रस्टीमा भने १४ जनालाई मनोनित गरिएको छ । अम्बर मल्ल, शेर सुनार, रामचन्द्र गुरुङ सुर्जे, जिव बेल्वासे, डा रेजी, पुरन गिरी, निलकण्ठ पौडेल, भिम बानिया, हरि भट्टराई, विक्रम भट्टराई, डा कुमार अग्रवाल, बेम थापा, सुष्मा गुरुङ र सुनिता जैन बोर्डमा मनोनित भएका छन् । त्यस्तै, थप १ ट्रस्टी स्थानीय सामुदायिक अगुवाहरुमध्येबाट मनोनित गर्ने योजना छ । 

 

अधिवेसनमा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटी उपाध्यक्ष नेम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचिव विक्रम भट्टराईले मन्दिर भवन खरिदसहित अन्य गतिविधिहरुबारे जानकारी प्रस्तुत गरेका थिए ।

 

अल्डरसटमा स्थानीय नेपाली र भारतीय समुदाय समेतको पहलमा मन्दिर एवम् सामुदायिक केन्द्र सञ्चालनको सोंचले सन् २००७ मै शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर स्थापना भएको थियो । सेन्टरले गत जनवरीमा ३ लाख पाउण्डको लागतमा मन्दिर भवन खरिद गरेको थियो । तर भवनलाई मन्दिरको आकार दिने सबै कामहरु पूरा भइसकेका छैनन् । 

 

मन्दिरका एक प्रमुख दाता व्यवसायी रवि लामिछानेले हालै ४ सय किलो तौलका मूर्ती तथा शिवलिंग सहयोगस्वरुप प्रदान गरेका थिए ।

 

सेन्टरका नवनिर्वाचित अध्यक्ष बानियाँले ६ महिनाभित्रै बाँकी काम पूरा गर्दै मन्दिर नियमित सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेका छन् । 

 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 9 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।