असारमा श्रम तथा राेजगार सम्मेलन हुने

फाइल फाेटाे
Education Park

काठमाडौँ । सरकारले रोजगारीका क्षेत्र र सम्भावना पहिल्याउन ‘श्रम तथा रोजगार सम्मेलन’ आयोजना गर्ने भएको छ । आगामी असार १५ र १६ गते राजधानीमा आयोजना हुने सो सम्मेलनमा रोजगारीको सम्भावना, रोजगारसँग सम्बन्धित सूचनाको प्रदर्शनी गरिनेछ ।

 

सम्मेलनकै क्रममा श्रम तथा रोजगारसँग सम्बन्धित क्षेत्रका विज्ञको सहभागितामा विभिन्न छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा रोजगारीको सम्भावना तथा सिर्जना, रोजगारीको सम्भावना रहेका नमूना परियोजनाका बारेमा समेत बृहत् छलफल गरिने बताइएको छ ।

 

सम्मेलनकै क्रममा सरोकारवालाको सहभागितामा विभिन्न विषयगत समूहमा आधारित रहेर कार्यपत्र प्रस्तुत हुने मन्त्रालयका अधिकारीले जनाएका छन् । सम्मेलनमा सम्बन्धित क्षेत्रका जानकारले ‘युवा उद्यमशीलता’, ‘कामको भविष्य’, विद्यमान रोजगार नीतिमा गरिनुपर्ने सुधारका बारेमा छलफल गर्नेछन् । 

 

सम्मलेलनमा श्रम तथा रोजगार क्षेत्रमा देखिएका विश्वव्यापी परिवर्तन, प्रविधिको विकाससँगै परम्परागत श्रम क्षेत्रमा देखापरेको चुनौतीलगायत विषयमा समेत छलफल हुनेछ । 

 

सम्मेलनमा श्रम तथा रोजगार क्षेत्रका जानकार, ट्रेड युनियनका प्रतिनिधि, उद्योगी व्यवसायी, सरकारी अधिकारी, नीति निर्माणमा सक्रिय अधिकारीको सहभागिता हुने बताइएको छ । (रासस)


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 1 hour ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 2 hours ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 2 hours ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।