थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

दाङ । लमही नगरपालिका—९ सतबरिया माइत भएकी लक्ष्मी चौधरी अहिले २९ वर्ष पुगिन् । थाहा पाउने भएदेखि नै उनको शरीरका जोर्नी, खुट्टा दुखिरहन्थ्यो । उनले चिकित्सकसँग बेलाबेलामा स्वास्थ्य जाँच गराए पनि कहिल्यै गम्भीर जाँच भएन । दुखाई कम गर्ने औषधि मात्र दिएर घर पठाई दिने गर्दथे ।   

 

उनको २१ बर्षको उमेरमा राप्ती गाउँपालिका पिपरी निवासी राममोती चौधरीसँग विवाह विवाह भयो । विवाहपछि श्रीमान्ले उपचारका लागि उनलाई भारतको लखनउ र गोरखपुरसम्म पु¥याए । तर, रोग पत्ता लाग्न सकेन । रोग पत्ता नलाग्दै धेरै रकम सकियो । उल्टो उनँलाई जण्डिसको औषधि थमाएर नेपाल पठाइयो । तर, समस्या रोकिएन । 

 

उनलाई दाङको बिजौरीमा रहेको आयुर्वेद अस्पतालमा भर्ना पनि गरियो । तर, उनको रोग निको भएन । जण्डिस भनेर उनले तेल खान समेत दुई वर्षसम्म बरिन् । तर, रोग निको हुने छाँट देखिएन । 

 

चार बर्षअघि नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा जाँच गर्दा उनलाई सिकलसेल एनिमिया भएको पत्ता लाग्यो । तर, उनको उपचारमा पाँच लाख रुपैयाँ खर्च भइसकेको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल विभाग प्रमुख तथा सिकल सेल एनिमियाका फोकलपर्सन डा. राजन पाण्डेले लक्ष्मीको रोग पत्ता लगाई उहाँलाई नियमित औषधि सेवन गर्न भनेका छन् । 

 

राणा शासनकालमा मलेरिया महामारीका रुपमा तराईमा फैलने गर्दथ्यो । त्यही समयदेखि लक्ष्मी चौधरीका पुर्खाहरु तराई क्षेत्रमा बसोबास गर्थे । त्यसबेला मेलेरियाबाट बिरामी भएका व्यक्तिका नयाँ पुस्ताहरुमा सिकल सेल देखिएको चिकित्सकहरुको भनाई छ । मलेरिया रोग त्यसताका महामारी भएर फैलिएको समयमा उपचार नपाएका बिरामीहरुका सन्तानहरुमा अहिले यस्तो समस्या देखा परेको डा. पाण्डेको भनाई छ ।  

 

त्यसयता मलेरिया रोगबाट पीडित भएका समुदायका व्यक्तिहरुको बंशाणुगत प्रणालीले अहिले सिकल सेलको रुप लिएको डा. पाण्डे बताउँछन् । २०६८ को जनगणना अनुसार नेपालमा थारुको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ । यो कुल जनसंख्यामा ६ दशमलव ५६ प्रतिशत हो ।  

 

सिकलसेल एनिमिया भएका थारु समुदायका पुरुष र महिलाबीचको बैबाहिक सम्बन्धका कारण जन्मिएका पुस्तांैहरुमा सिकल सेल एनिमिया पुस्तान्तरण हँुदै आएको डा. पाण्डेको भनाई छ । बुबा र आमामध्ये एक जनाबाट रोग सर्ने र बुबाआमा दुबैबाट पनि यो रोग सर्ने गरेको उनको भनाई छ । सिकल सेल एनिमिया भएका व्यक्तिहरुको रक्तकोषिकामा समस्या हुन्छ र सो रक्तकोषिकामा अंग्रेजी ‘सि’ आकारका कोष हुने भएकाले सिकल सेल भन्ने गरिएको उनको भनाई छ । 

 

डा. पाण्डे  सिकलसेल एनिमियाको उपचारमा भन्दा पनि जाँचमा समस्या रहेको बताउँछन् । सबै अस्पतालहरुमा सिकलसेल एनिमिया भए÷नभएका बारेमा जाँच गर्नसके यसको समाधान हुने उनको भनाई छ । रोगका न्यूनीकरणका लागि थारु समुदायका मानिसहरुको स्वास्थ्य जाँच र बिबाह अगाडि उनीहरुमा सिकल सेल एनिमिया भए÷नभएको लिन सकेमा रोगको न्यूनीकरण हुने उनको भनाई छ । २०७१ सालदेखि सिकल सेल एनिमिया भएका व्यक्तिहरुको उपचारका लागि सरकारले प्रतिव्यक्ति १ लाख रुपैयाँ बराबरको निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । 

 

सिकलसेल एनिमियाका लक्षण

 

यस्तो रोग लागेमा जोनी दुख्ने, हड्ढी दुख्ने, शरीरमा कुन भाग दुखेको हो भन्ने बारेमा कुनै पत्ता समेत लगाउन नसक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाई छ । जसका कारण शरीरमा विभिन्न समस्या आउँछ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एकदेखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ । सिकल सेल भएका व्यक्तिहरुमा शरिरका विभिन्न अंगहरुमा अक्सिजनसहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अंगहरुमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्दछ ।

 

राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मडिकल सुपरिन्टेण्डेण्ट डा. जनाद्र्धन पन्थीका अनुसार रोगीहरुमा देखिने लक्षणका आधारमा औषधि उपचार गर्नुपर्ने हुन्छ । रोगीहरुको ठ्याक्कै यही औषधि उपचार गर्ने भन्ने हँुदैन, लक्षण कस्तो देखिन्छ, त्यसैका आधारमा औषधि सेवन गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार सिकल सेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । 

 

उपचारको व्यवस्था 

 

पछिल्लो समयमा सिकलसेल एनिमियाको उपचार महाकाली अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल, बर्दियाको जिल्ला अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल, दाङको राप्ती उपक्षेत्रीय अस्पताल, कपिलबस्तुको जिल्ला अस्पताल, रुपन्देहीमा रहेका लुम्बिनी अञ्चल अस्पताल, नवलपरासीमा जिल्ला अस्पताल र राजधानीमा रहेको निजामती कर्मचारी अस्पतालमा उपलब्ध छ । निजीस्तरबाट सञ्चालनमा रहेको कैलालीको घोडाघोडी अस्पतालमा उपचार हुन्छ । 

 

यो एक दीर्घ रोग भएकाले यसका बिरामीहरुले बाँचुञ्जेल औषधि उपचार गर्नुपर्ने डा. पाण्डे बताउँछन् । उनका अनुसार यसको उपचारका लागि स्थानीय तहको सिफारिसमा जिल्ला जनस्वास्थ्य कार्यालयले एक लाख रुपैयासम्मको निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । 

 

दाङमा कतिले लिए सुविधा ? 

 

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाश योगीका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा दाङबाट सिकल सेल एनिमिया पीडित ६९ बिरामीले उपचारको सुविधा लिएका छन् । 

 

सरकारको नीति अनुसार स्थानीय तहको सिफारिस तथा अस्पतालले सिकल सेल एनिमिया भएको पुष्टिसहितको कागजका आधारमा सिफारिस गर्दै आएको निमित्त प्रमुख योगीले बताए ।  

 

रोग नियन्त्रण र उपचारका लागि भएका प्रयास 

 

सिकल सेल एनिमिया नियन्त्रणका लागि हाल संघीय सरकार, नेपाल स्वास्थ्य विभाग, स्थानीय सरकार र विभिन्न संघसंस्थाहरु क्रियाशील रहेको डा. पाण्डेले जानकारी दिए । उनका अनुसार सिकल सेल एनिमिया नियन्त्रणका लागि बर्दियाको राजापुर नगरपालिकाले मेसिन नै खरिद गरेको छ । 

 

दाङमा रहेका घोराही र तुलसीपुर उपमहानगरपालिकाहरुले पनि यसको नियन्त्रण र रोकथामका लागि कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । घोराही उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सिकल सेल एनिमिया निदान गर्न र उक्त रोगको क्षति कम गर्न निःशुल्क ल्याव परीक्षणको व्यवस्था मिलाउने र सबै स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवासहितको प्रयोगशाला सञ्चालन गर्ने उल्लेख गरेको छ । 

 

तुलसीपुर उपमहानगरपालिकाले रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै ५० लाख रुपैया यसबर्षको बजेटमा व्यवस्था गरेको छ । नगरका थारु बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरेर त्यसको नियन्त्रणका लागि प्रयास गर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताए । ‘नगरक्षेत्रमा कति जनालाई सिकल सेल एनिमिया छ भन्ने पहिचान गरेर कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्ने योजना बनाउने’, प्रमुख पाण्डेले बताउए । 

 

घोराही उपमहानगरपालिकाले सबै थारु बस्तीमा स्वास्थ्य परीक्षण गर्ने नीति लिएको नगर प्रमुख नरुलाल चौधरीले बताए । नगरका सबै थारु बस्तीमास्वास्थ्य परीक्षण गरेर आवश्यक कार्यक्रम गर्ने लक्ष्य राखिएको उनले बताए । नगरमा रहेका कुल बिरामीको संख्या पत्ता लागेमा त्यसैका आधारमा स्वास्थ्य शाखाबाट कार्यक्रम सञ्चालन गरी रोग उन्मुलनका लागि कार्य सञ्चालन गर्ने उनको भनाई छ । 

 

यस्तै प्रदेशनम्वर ५ को सरकारले नीति तथा कार्यक्रममा यो रोगका लागि कार्यक्रम सार्वजनिक गरेर थारु समुदायका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम ल्याएको छ । सरकारका प्रवक्ता एवं भौतिक निर्माण मन्त्री बैजनाथ चौधरीले प्रदेशका थारु बस्तीमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए । 

 

पश्चिम नवलपरासीदेखि बर्दियासम्म रहेका थारु समुदायका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको र, यसका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रदेशका तराई जिल्लामा रहेका सबै सरकारी अस्पतालमा त्यसको व्यवस्था मिलाउने तयारी रहेको उनले बताए । 

 

सिकलसेल एनिमिया भएका जिल्लाहरुमा विभिन्न संघसंस्थाहरुले पहल गरिरहेका छन् । दाङमा ग्रामीण महिला उत्थान केन्द्र, क्रेयटिभ पोसिविलिटिज जस्ता संस्थाहरुले नीति निर्माण तथा यसको रोकथामका लागि सरकारी निकायलाई यसको व्यवस्थापनका लागि दबाब तथा ध्यानाकर्षण गराउँदै आएका छन् ।

 

हाल सिकल सेल एनिमियाका रोगीहरुको संख्या कति छ भन्ने बारेमा कसैसँग पनि निश्चित तथ्यांक छैन । थारु समुदायका व्यक्तिहरु सबैले सिकल सेल एनिमियाको परीक्षण नगराउँदा तथ्यांक संकलनमा समस्या देखिएको भेरी अस्पतालका मेडिकल विभाग प्रमुख तथा सिकल सेल एनिमियाका फोकलपर्सन डा. पाण्डेले बताए । पछिल्लो समयमा सबै स्थानीय तहले यसको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका कारण नेपालमा यस्ता रोगीहरुको संख्या कति छ भन्ने तथ्यांक आउने अपेक्षा गरिएको छ ।

 

गढवाको गोबरडिहामा रहेको क्रिएटिभ पोसिविलिटिजले सन् २०१५ देखि हालसम्म ३ हजार ८ सय २५ जनामा जाँच गरेकोमा १ सय ७३ मा ट्रेट (बुबा र आमामध्ये एक जनाबाट रोग सरेको) छ भने ९ जनामा डिजिट (बुबाआमा दुवैबाट रोग सरेका मानिस) फेला परेका छन् । ३ हजार ६ सय ४३ जना नेगेटिभ (रोग नभएका) मानिस फेला परेको क्रिएटिभ पोसिविलिटिजका कार्यक्रम संयोजक दिनेशराज सापकोटाले जानकारी दिए । 

 

दाङका थारु बस्ती रहेका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा थारु बस्ती रहेकाले सिकलसेल एनिमियाका बिरामीहरु हुन सक्ने स्वास्थ्यकर्मी आशंका गरेका छन् । यद्यपी स्वास्थ्य जाँच हुन सकेको छैन । जिल्लाको एक मात्र पहाडी क्षेत्रमा रहेको बंगलाचुलीमा थारु बस्ती नरहेको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. जनाद्र्धन पन्थीले जानकारी दिनुभयो । यद्यपी स्वास्थ्य जाँच हुन सकेको छैन । 

 

जिल्लाको एक मात्र पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा थारु बस्तीमा भने यो रोगबाट पीडितहरु नरहेको जनाइएको छ । राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. पन्थीको भनाई छ । 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 6 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 9 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।