रणवीर र साराको ‘सिम्बा’ले तीन दिनमा कति कमायो ?

एजेन्सी । अभिनेता रणवीर सिंह र सारा अलि खान स्टारर् फिल्म ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो फिल्मले बलिउड बक्स अफिसमा तीन दिनमै ७५ करोड ११ लाख भन्दा बढीको व्यापार गर्न सफल बनेको छ । 

 

‘सिम्बा’ले पहिलो दिन २० करोड ७२ लाखको व्यापार गरेको थियो । यस्तै दोस्रो दिन २३.३३ करोड र तेस्रो दिन ३४.६४ करोडको ब्यापार गरेको छ । रिपोर्टका अनुसार यो फिल्म रिलिजको चौथो दिन १०० करोड भन्दा बढीको व्यापार गर्ने आशा गरिएको छ । यो फिल्मको बजेट ८० करोड भएको बताइएको छ ।

 

यो फिल्मले अन्य देशहरुमा पनि राम्रो कमाई गरिरहेको बताइएको छ । यो फिल्मले ओभरसिजबाट जम्मा ३५ करोडको व्यापार गरेको छ । रणवीर सिंहको ‘सिम्बा’ले आफ्नो कयौं फिल्महरुको फस्ट डे कलेक्शनको रेकर्ड पनि तोडेको छ । रोहित शेट्टिको निर्देशनमा बनेको रणवीरको फिल्क ‘पद्मावत’ले पहिलो दिन १९ करोड, ‘गुण्डे’ले १६.१२, बाजिराव मस्तानीले १२.८० करोड लगाएतको फिल्मको फस्ट डे कलेक्शनलाई तोडेको हो ।

 

यो फिल्ममा रणवीरको अपोजिटमा सारा अलि खान छन् । फिल्ममा रणवीर र साराका अलवा सोनु सुद पनि मुख्य भुमिकामा छन्, जसले मुख्य भिलेनको भुमिकामा अभिनय गरेका छन् । अभिनेत्री सारा अलि खानको ‘सिम्बा’ दोस्रो फिल्म हो । 

 

यो भन्दा पहिले अभिषेक कपुरको निर्देशनमा बनेको फिल्म ‘केदारनाथ’मा काम गरेकी थिइन् । 

 


थप समाचार

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

  • 6 minutes ago
अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।

९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

  • 9 minutes ago
९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

  • 12 minutes ago
काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक स



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।