सिन्धुलीको फिक्कलमा कला शिविर सम्पन्न

फिक्कल, सिन्धुली । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ हालै सम्पन्न भएको छ ।

 

फिक्कल गाउँपालिकाद्वारा आयोजित कला शिविरमा कलाकारले गाउँगाउँ घुम्दै सुनकोशी जलयात्रा, जनजीवन, भूदृश्य र फिक्कलबाट देखिने हिमालय शृङ्खलाका २३ चित्रकला तयार पार्नुभएको   थियो ।

चित्रकलामा हिमाल पछ्याउँदै आएका कलाकार अंशुराम खाइजु फिक्कलको टाकुरा चढेपछि आश्चर्यचकित हँुदै भने –“एकै ठाउँबाट उभिएर यति धेरै हिमाल देखेको थिइनँ ।”

 

शुक्रबार सम्पन्न उक्त छ दिने ‘फिक्कल कला शिविर’ मा छ जना कलाकारको सहभागिता रहेको थियो । फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार, कला शिविरमा अंशुराम खाइजु, मङ्गल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो । 

 

उपाध्यक्ष सुनुवारले फिक्कलको पर्यटकीय विशेषताको खोजी र प्रवद्र्धन गर्ने उद्देश्यसहित कला शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले फिक्कलको पर्यटन विकासमा प्याराग्लाइडिङ, जलयात्रा, पूर्वदेखि पश्चिमसम्मका हिमालको दृश्यावलोकन, जडीबुटी र कृषिलाई जोड्दै अगाडि बढ्न सकिने सम्भावना रहेको बताए । 

 

पर्यटन प्रवद्र्धनमा तस्वीर र चित्रकलाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उपाध्यक्ष सुनुवारले भने –“कला शिविरमा तयार भएका चित्रकला र तस्बिरलाई राजधानीसहित देश विदेशमा लगेर प्रदर्शन गर्छौं । फिक्कलको प्रवद्र्धनमा यसले पक्कै सहयोग पुग्ने छ ।”

 

फिक्कलको पर्यटन प्रवद्र्धनका लागि सात तले ‘भ्यू टावर’ समेत बन्ने क्रममा छ । २०६८ सालबाट निर्माण थालनी भएको टावरलाई गाउँपालिकाकाले दुई वर्षगरी ७० लाख रुपियाँ विनियोजन गरिसकेको छ ।

विश्व प्रसिद्ध फिक्कल विकास संस्थाका अध्यक्ष प्रेम थापाले भने –“अबको छ महिनामा फिक्कलमा सात तले टावर निर्माण सम्पन्न हुन्छ । त्यसपछि हिमाल अझ राम्रोसँग देख्न सकिन्छ ।”

 

कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सव, २०७५ मा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सव संयोजकसमेत रहनुभएका उपाध्यक्ष सुनुवारका अनुसार, समुद्री सतहबाट दुई हजार ३६८ मिटर उचाईमा रहेको फिक्कल टाकुराबाट सगरमाथालगायत हिमशृङ्खलालाई देख्न सकिन्छ । 

 

फिक्कल गाउँपालिका सदस्य चेतबहादुर विश्वकर्माका अनुसार, कला शिविरमा तयार फिक्कल झल्कने चित्रकला महोत्सवमा आकर्षण बनिरहेको छ । सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भने –“आकाश खुलेको बेला तराईका भूभाग स्पष्ट देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको लोन्ली भ्यु गज्जबको देखिन्छ ।”

 


थप समाचार

समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

  • 8 minutes ago
समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसर

एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

  • 9 minutes ago
एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

आगामी नेतृत्वको एक बलियो दाबेदार मानिएकी वर्तमान कार्यसमितिकी उपाध्यक्ष पुनम गुरुङले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

करेन्ट लागेर एक जनाको मृत्यु

  • 15 minutes ago
करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । बिजुलीको पोलमा काम गर्न जाँदा गोरखाको गण्डकी गाउँपालिका–३ मा करेन्ट लागेर आज एकजनाको ज्यान गएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।