Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालविवाह गर्नु पहिले २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्थाका लागि संसदमा प्रस्ताव दर्ता

विवाह गर्नु पहिले २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्थाका लागि संसदमा प्रस्ताव दर्ता


काठमाडौँ । बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

सोमबार प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले समाजमा बालविवाह व्याप्त रहेको भन्दै नीतिगत रुपमै निर्मूल पार्ने प्रयासका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेकी हुन् ।

विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ ।

संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा बालबालिका को विवाह गर्न नहुने उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाह लाई अमान्य भनेको छ । तथापि, बालविवाह नरोकिएकाले विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको संकल्प प्रस्तावमा उल्लेख छ ।

‘जसरी जन्म दर्ता, नागरिकता र अन्य कागजात राज्यले दिन्छ, त्यस्तै विवाहपूर्व वडाबाट आफू २० वर्ष पूरा भएको बालिग दर्ता पत्र अनिवार्य लिनुपर्ने व्यवस्था गरियो भने बालविवाहलाई नीतिगत तह बाटै रोक्न सकिन्छ भन्ने अपेक्षा गरेर संकल्प प्रस्ताव लगेकी हुँ,’ उनले भनिन् ।

बालबिबाहका कारण नागरिकको स्वास्थ्यमा असर परेको, समाजमा असर परेको र समग्रमा मुलुक नै प्रभावित भएको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

दीपेश पुन धरौटीमा रिहा

बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

Techie IT