आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण

काठमाडौँ । सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

मङ्गलबारदेखि यही वैशाख ७ गतेसम्म विभिन्न चरणमा सातै प्रदेशमा सीप परीक्षण गरिनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको राष्ट्रिय सीप विकास समितिले वैदेशिक रोजगारीमा गई विभिन्न सीप आर्जन गरी फर्केका व्यक्तिको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउनेछ ।

सीप परीक्षणमा सफल हुनेलाई सम्बन्धित सीपको तह–१ उत्तीर्ण बराबरको प्रमाणपत्र दिइनेछ ।

बोर्डले गत मङ्सिर ११ गतेदेखि विभिन्न २० प्रकारका सीपको निःशुल्क परीक्षणका लागि आवेदन माग गरेको थियो । विभिन्न प्रकारका सीप प्रमाणीकरणका लागि ४६५ युवाले आवेदन दिएका थिए । सीप परीक्षणका सम्बन्धमा जानकारी दिन बोर्डले गत चैत २० देखि २६ गतेसम्म विभिन्न चरणमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रिसियन, इन्डस्ट्रियल इलेक्ट्रिसियन, असिष्टेन्स ब्युटिसियन, असिष्टेन्स वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आल्मुनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स, सेक्युरिटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिनेछ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 44 minutes ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व