IIMS College

ISMT

HUB Education

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर आइपुग्याे, प्रयाेगमा आउन डेढ महिना लाग्ने

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

एक-डेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उनले बताए । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । 

 

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरिएको उनले बताए । प्रवक्ता खनालले भने, ‘प्रिन्टरले नियमित रुपमा काम गर्न सुरू गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ ।’

 

सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महिनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ । 

 

विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । 

 

विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताए । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ । 

 

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति सुरू गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।


थप समाचार

जिदान फ्रान्सका प्रशिक्षक !

  • 11 hours ago
जिदान फ्रान्सका प्रशिक्षक !

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका सफल प्रशिक्षक जिनेदिन जिदान चाँडै फ्रान्सका प्रशिक्षक बन्ने चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार उनले जारी सिजनको अन्त्यसँगै रियल छोडेर फ्रान्

इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

  • 12 hours ago
इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

एजेन्सी । इंग्लिस क्लब टोटनहमका मिडफिल्डर क्रिस्टियन इरिक्सन इटालीको मिलान पुगेका छन् । जारी विन्टर ट्रान्सफर विन्डोमा इन्टर मिलानमा आबद्ध हुनको लागि उनी मिलान पुगेका हुन् ।

बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

  • 12 hours ago
बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

एजेन्सी । बलिउडका केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जो चर्चामा आउनका लागि बेलाबेलामा आश्चर्यलाग्दा पब्लिसिटी गरिरहन्छन् । कोही भने आफ्नो रिस सम्हाल्न नसक्दा यस्ता हर्कतहरु गर्ने गर्छन् । कतिपय आफ्नो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

एजेन्सी । धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

विचित्र विश्व

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

एजेन्सी । कोही पनि मानिस आफ्नी श्रीमतीले आफुलाई नछोडोस् भन्ने चाहान्छ । यदी आफुलाई छोडेर पत्नी अरु कुनै पर–पुरुषसँग जान्छिन् भने त्यो समय निकै पिडादायी हुन्छ । यसका कारण इज्जतमा पनि ठुलो दाग लाग्ने र मानसिक तनाब हुने गर्छ ।