IIMS College

ISMT

HUB Education

के तपाईको स्मार्ट टिभीबाट जासुसी त भइरहेको छैन ! यसरी बच्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पछिल्लो समय घर तथा कार्यालयहरुमा स्मार्ट टिभी राख्नेहरुको संख्या बढ्दै गएको छ । तर, स्मार्ट टिभी राख्नेहरुको व्यक्तिगत सूचना ह्याकरहरुले लिन सक्ने प्रति सचेत गराइएको छ । स्मार्ट टिभीमा हुने माइक्रोफोन तथा क्यामेराहरुको मदत्बाट ह्याकरहरुले सूचना लिन सक्नेप्रति फेडेरल ब्युरो अफ इन्भेस्टिकेसन (एफबीआई) ले सचेत गराएको हो । एफबीआईले स्मार्ट टिभीलाई ह्याकरहरुले नियन्त्रणमा लिएर व्यक्तिगत तथ्यांकहरु लिन सक्ने बताएको छ । 

 

एफबीआईको थ्रेट इन्टिलिजेन्सका प्रमुख टिवाई मिलरका अनुसार स्मार्ट टिभीमार्फत कसैले व्यक्तिगत सूचना लिनसक्ने बताएका छन् । उनले भनेका छन् ‘पछिल्लो समय स्मार्ट टिभी निकै जटिल विषय बन्दै गएको छ । स्मार्ट टिभीमा हुने वाइफाई तथा ब्लुटुथ कनेक्सन सुविधामाफर्त अडियो तथा भिडियो लिक हुनसक्छ । धेरै ग्राहकहरुलाई यसबारेमा थाहा नहुन पनि सक्छ । तर, टिभीमा हुने फिचर्सहरुको बढी प्रयोग गर्दा आफ्नो सूचना पनि बाहिरिरहन सक्छ ।’

 

एफबीआईले स्मार्ट टिभी प्रयोगकर्ताहरुलाई यसबारेमा सचेत हुन भनेको छ । एफबीआईले कसैले टिभीको आवाज ठूलो–सानो बनाउने, च्यानल परिवर्तन हुने, अचानक अरु कुनै प्रशारण सामग्री परिवर्तन समेत हुन थालेको हो भने यसको नियन्त्रण ह्याकरले गरेको भनेर जान्न समेत आग्रह गरेको छ । यसबाहेक ह्याकरले टिभीको क्यामेरा तथा माइक्रोफोनलाई समेत संचालन गरेर घर वा अफिसभित्रको जानकारी लिन सक्छन् । 

पछिल्लो समयको प्रविधिलाई अवलम्बन गर्नेहरुको सूची विज्ञापनदाताहरुलाई पठाउन सक्ने र यस्ता कम्पनीहरुमा अमेजन, फेसबुक तथा नेटफ्ल्क्सिसमेत हुनसक्ने बताएको छ । पछिल्लो समय अनलाईन मार्केटिङ गर्नेहरुको लागि पनि स्मार्ट टिभीका प्रयोगकर्ताहरु रोजाइमा परेको कारणले गर्दा यस्तो गतिविधि हुने गरेको बताइएको छ ।

 

टिभीबाट हुने सूचना बाहिरिने खतराबाट बच्नको लागि सबै फिचर्सहरुलाई इनेवल (सक्रिय) नबनाउन एफबीआईको अनुरोध छ । 

 

ह्याकरबाट कसरी बच्ने ?

– टिभीको सेटिङमा गएर सूचना तथा डाटा पठाउने फिचर्स बन्द गर्ने । 

– भ्यूअर्स (दर्शक)को सूचना तथा जानकारी सम्बन्धि फिचर्स बन्द गर्ने ।

– माक्रोफोनलाई डिसेवल (निश्कृय) गर्ने ।

– टिभीको क्यामेरालाई बन्द गर्ने अथवा केही कुराले ढाकिदिने ।

– दुई तरिकाले एपबाट लगइन गर्ने सुविधामध्ये एउटा सुविधा बन्द गर्ने ।

– व्यक्तिगत सूचनाहरु शेयर गर्ने सुविधालाई सीमित बनाउने ।

– पछिल्लो समय आएका अपडेटहरुलाई इन्स्टल गर्ने र अनधिकृत प्रयोगलाई निरुत्साहित गर्ने ।

– घरमा प्रयोग भएको नेटवर्क सुरक्षित छ छैन एकिन गर्ने ।  


थप समाचार

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 3 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 42 minutes ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या

‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

  • 1 hour ago
‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

काठमाडौँ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गर्न शुरु गरेका छन् । लकडाउनका कारण काम ठप्प भएपछि ह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।