ISMT

HUB Education

धुम्रपान छोडेको २० मिनेट पछि नै शरिरमा हुन थाल्छ यस्तो परिवर्तन

Education Park

 

Kathmandu Trade Show

 

धुम्रपानले संसारका धेरै मानिसहरुमा धुम्रपानको गहिरो लतलागको छ । तर यदितपाई धुम्रपान गर्नुहुन्छ र छोड्ने बारेमा सोचिरहनु भएको छ भने के तपाईलाई थाहा छ यो बानी छोडेको २० मिनेट भित्रै तपाईको शरिरले तपाईलाई धन्यवाद दिनेछ ।

 

चुरोटको धुँवामा २०० प्रकारका हानीकारक तत्वहरु हुन्छन् यदि तपाईले चुरोट छोड्नु भयो भने केही समय पछि नै तपाईको शरिर फेरि स्वस्थहुन थाल्छ ।

 

सायद तपाईलाई विश्वास हुँदैन होला तर, आउनुहोस थाहा पाइराखौं धुम्रपान छोडेपछि शरिरमा कस्तो किसिमको परिवर्तन हुन्छ ।

 

अन्तिम चुरोटपिएको २० मिनेट पछि

चुरोट पिएको २० मिनेट पछि नै शरिरको रक्तचाप र मुटुको धड्कन कम भएर फेरी सामान्यहुन शुरु हुन्छ । चुरोट पिएको समय निकोटिनको कारणले यीदुवै बढ्छ ।

 

आधादिन पछि

चुरोट छोडेको आधा दिनपछि तपाईको रगतमा कार्वन मोनो अक्साइड सामान्य स्तरमा आँउछ र रगतमा अक्सिजन पनि बढ्न थाल्छ । यसले तपाई धेरै बलियो र फुर्तिलो महसुस गर्न सक्नुहुनेछ ।

 

१ दिन पछि

तपाईको शरिरले धुम्रपानको कारणले हुने नोक्सानहरुलाई मर्मत गर्न शुरु गरिदिन्छ र हार्ट अट्याकको खतरा कमहुन थाल्छ ।

 

२ दिन पछि

धुँवाको विषाक्तताले क्षतिग्रस्त स्नायुहरुमा फेरी सुधार आउन थाल्छ र तपाईको स्वाद सामान्य हुन थाल्छ र सास गन्हाउने सामान्य हट्न थाल्छ ।

 

३ महिना पछि

३ महिना पछि मुटको प्रणालीमा धेरै ठूलो अनुपातमा सुधार देखिन थाल्छ र कफपनि धेरै कमहुन थाल्छ जसले तपाई आरामले हिडँडुल गर्न र शारीरिक कसरतहरु गर्न सक्नुहुनेछ ।

 

६–९ महिना पछि

धुम्रपान गर्नाले सबैभन्दा धेरै हाम्रो फोक्सो प्रभावित हुन्छ र त्यसमो धुवाँ जम्न थाल्छ । चुरोट छोडेको ६ देखी ९ महिनापछि फोक्सोबाट हानीकारक पदार्थ हट्न थाल्छ र धुम्रपानबाट हुने थकान र स्वास प्रस्वासमा हुने समस्या पनि टाढा हुन्छ ।

 

५ वर्ष पछि

धुम्रपान छोडेको ५ वर्षपछि रक्त सञ्चार प्रणालीले राम्रो सँग कामगर्न थाल्छ । शरिरमा स्ट्रोकको खतरा पनि कम हुन्छ तपाईको स्नायुले राम्रोसँग काम गर्न थाल्छ र शरिरको रोग प्रतिरोधक क्षमता पनि धेरै हदसम्म बढ्छ ।

 

१० वर्ष पछि

धुम्रपान छोडेको १० वर्ष पछि तपाईको शरिरमा फोक्सोको क्यान्सरको खतरा कमहुन थाल्छ । तपाईमा फोक्सोको क्यान्सरको खतरा धुम्रपान गर्नेको तुलनामा आधा मात्रै हुन्छ ।

 

१५ वर्ष पछि

धुम्रपान छोडेको १५ वर्षपछि मुटुसँग सम्बन्धित रोग र बिमारीहरु जस्तो हार्टअट्याक, क्यान्सर लगाएतको संभावना कहिले पनि धुम्रपान नगर्ने व्यक्तिको जस्तो भइसक्छ ।यस समयको अवधिमा तपाईको शरिर पुर्ण रुपले धुँवाको असरबाट ठिक भैसकेको हुन्छ ।


थप समाचार

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 32 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 56 minutes ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई

इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

  • 1 hour ago
इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।