'न्यूजरुममा महिला पत्रकारलाई प्रोत्साहन छैन'

काठमाडौं । नेपालमा मुलधारको पत्रकारितामा निरन्तर क्रियाशिल छन् स्मृति ढुंगाना । महिला पत्रकारले भोग्नुपर्ने अनेक चुनौति र व्यवधान सामना गरेर उनले पत्रकारिता गर्न थालेको पनि एक दशक बितिसकेको छ ।
 
 
नेपालमा पत्रकारिताको अवस्था कस्तो छ ? फिल्डमा उत्रन महिलाहरुलाई उपयुक्त वातावरण छ ? यस क्षेत्रबाट बाँच्न सकिन्छ कि सकिन्न आदि विषयमा स्मृतिसँग गरिएको कुराकानीको संक्षेप यहाँ प्रस्तुत छ ।
 
 
तपाईं अहिले केमा व्यस्त हुनुहुन्छ ? आफ्नो पत्रकारिता पृष्ठभूमि र शैक्षिक योग्यताबारे जानकारी दिनुस् ?
 
एक दशक लामो पत्रकारिता यात्राको दौरान मैले मनोरञ्जन, कला, संस्कृति र लैगिंक समानता लगायत विषयमा अनुसन्धनात्मक समाचार र फिचर स्टोरीहरु लेखिरहेको छु । हाल नागरिक दैनिकसँग आवद्ध रहेर नेपाली मनोरञ्जन, कला र संस्कृतिसम्बन्धी विभिन्न महत्वपूर्ण स्टोरी कभर गरेकी छु ।
 
 
त्यसबाहेक अन्तर्राष्ट्रिय रुपमा एसबीएस न्युज र सेलुलोइड म्यागेजिनका लागि विभिन्न नेपाल र दक्षिण एसियासम्बन्धी विभिन्न अनुसन्धात्मक समाचार र फिचर स्टोरीहरु लेख्ने गर्छु । सुरुवाती दिनमा अन्तर्राष्ट्रियस्तरमा ‘मिटु अभियान’ले चर्चा पाए पनि नेपालमा बेवास्ता गरिएको थियो । सो सम्बन्धी पहिलो पटक मनोरञ्जन क्षेत्रलाई जोडेर मैले अनुसन्धनात्मक फिचर स्टोरी तयार गरेपछि मिटु अभियानबारे नेपालमापनि बहस सुरु भएको थियो ।
 
 
अध्ययनको कुरा गर्नुहुन्छ भने ‘कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन’बाट ‘डेभलभमेन्ट कम्युनिकेसन’मा स्नातकोत्तर गरेकी छु ।
त्यसबाहेक ‘इन्टरनेशनल भिजिटर लिडरसिप’ कार्यक्रम अन्तर्गत ‘स्यराक्युज युनिभर्सिटी र पोइन्टर इन्च्सीच्यूट्स’मा पत्रकारिता विषय अध्ययन पनि गरेँ ।
 
 
नेपालमा महिला पत्रकारलाई अवसर र चुनौतिहरु के कस्ता छन् ?
 
 
नेपालमा विभिन्न नयां मिडिया हाउसहरु खोल्ने प्रतिस्पर्धा बढेको छ तर अहिले व्यवसायिक पत्रकारहरुको अभाव हुन थालेको छ । नेपालमा व्यवसायिक रुपमा काम गरिरहेका महिला पत्रकारहरु कम छन् । अझ ठूला मिडिया हाउसमा महिला पत्रकारहरु न्यून संख्यामा छन् । समयको टुंगो नहुने र आर्थिक रुपमा असुरक्षित र न्युजरुमले महिला पत्रकारहरुलाई प्रोत्साहन गर्न नसक्दा धेरैले यो क्षेत्र छाड्ने गरेका छन् ।
 
 
ठूला मिडियामा सम्पादक त परको कुरा, कुनै ब्युरोको प्रमुखसम्म भएर नेतृत्व लिने महिला पत्रकारहरु एकदम कम छन् । न्युजरुमको मुख्य जिम्मेवारीहरुमा महिलाहरुलाई अवसर दिन नसक्दा भएका महिला पत्रकारहरुपनि निरास हुनपर्ने अवस्था छ । त्यसबाहेक घरपरिवारको साथ र सहयोग नपाउने हो भने यो क्षेत्रमा काम गर्न सकिन्न । पत्रकार भएपनि आफूलाई अपडेटचाहिँ राख्न सके राम्रो हुन्छ ।
 
 
 
पत्रकारिता पेशामा विभिन्न अवसर आइरहेको हुन्छ । तर, कस्तोलाई अवसर मान्ने भनेर व्यक्तिअनुसार फरक हुन्छ । म एक श्रमजीवी पत्रकार भएकोले मेरो लागि पत्रकारितासम्बन्धी विभिन्न अध्ययनहरु आवश्यक हुने भएकाले त्यो महत्वपूर्ण होला ।
 
 
नेपालमा अहिले पत्रकारिता कुन ट्रेन्डमा गइरहेको छ ?
 
 
संसारभर पत्रकारितासम्बन्धी विभिन्न अध्ययन र अनुसन्धान भइरहेको हुँदा यो क्षेत्रमा हरेकदिनजसो नयाँट्रेन्ड आइरहेको हुन्छ । नेपालमा अहिले मल्टिमिडिया पत्रकारिताको ट्रेन्ड चलेको छ । यो ट्रेन्डबारे अध्ययन गरेकाहरुले सोचेभन्दा राम्रा काम गरिरहेका छन् । अधिकांशले यो ट्रेन्ड अध्ययन नगरिकन पछ्याउँदा स्थिति भद्रगोल भएको छ । अब पत्रकारहरुले समाचारमात्र लेख्न जानेर पुग्दैन । त्यससहित फोटो, भिडियो खिच्ने र सम्पादनको क्षमतापनि जान्नु जरुरी भइसकेको छ । अहिले समाचार, पत्रकार र पत्रकारितासम्बन्धी बहसहरु सामाजिक सञ्जालमा हुन थालेको छ । यो बहसले पत्रकारलाई अपडेट हुन बाध्य बनाएको छ ।
 
 
गत भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिताले पत्रकारितामा थप चुनौती थपिदिएको छ । कुनै पत्रकारले समाचार लेखेकै भरमा फौजदारी अपराधसरहका मुद्दा लगाउने, पत्रकारलाई पक्राउ गर्ने, थुनामा राख्ने लगायतका सास्ती दिने प्रावधानले स्वतन्त्र प्रेस र प्रकाशनसम्बन्धी हकको खिल्ली उडाएको छ ।
 
नेपालमा पत्रकारिता पेशा कति सुरक्षित छ अनि पारिश्रमिक सन्तोषजनक छ छैन् ?
 
 
नेपालमा सुरक्षित पेशा भनेको सायद लोकसेवा पास गरेर पाएको सरकारी जागिरमात्र होला । सबै पेशामा दुःख उस्तै हुन्छ । नेपाली पत्रकारिता आर्थिक, सामाजिक र व्यत्तिगत रुपमा असुरक्षित हुँदै गएको छ । न्यूनतम पारिश्रमिक र न्युजरुममा सही मुल्यांकन हुन नसक्दा ठूला मिडियाका पत्रकारहरु विस्तारै अनलाईन पत्रकारितातर्फ आकर्षित भएका छन् । यसले गर्दा पत्रिकाको स्तर तुलनात्मक रुपमा ओरालो लागेको छ । ठूला मिडियाहरुमा यो विषयलाई बेवास्ता गरेर पत्रकारहरुको दक्षता बढाउनुको साटो टाउको गन्ने प्रवृत्ति देखिएको छ ।
 
 
यस्तो अवस्थामा तपाईं यसलाई निरन्तरता दिन सक्नुहुन्छ ? के छ भविष्यको योजना ?
 
 
सहज छैन तर पत्रकारिता पेशामा आवद्ध भएर मनोरञ्जन, कला, संस्कृति र लैगिंक समानताको विषयमा अनुसन्धानात्मक स्टोरीहरु लेखिरहन चाहन्छु । पत्रकारिता, महिला नेतृत्व र विभिन्न विषयमा हुने कार्यशाला र प्रशिक्षणहरुमा मेन्टरको रुपमा सहभागी भएर आफूले जानेका कुरा अरुलाई सिकाउने कामलाई निरन्तरता दिनेछु । अध्ययन र अध्यापनमा विशेष जोड दिनेछु ।
 
 
 
तपाईंले फिल्म र मनोरन्जन विषयपनि धेरै उठान गर्नुभयो । एक फिल्म समिक्षक पनि भएकाले मनोरन्जन पत्रकारिता चाहिं कस्तो हुँदैछ नेपालमा ?
 
 
हो, मैले फिल्म समिक्षासहित मनोरञ्जन पत्रकारितामा अनुसन्धानमूलक स्टोरीहरु लेखिरहेको छु । पत्रकारिताको अन्य बिटको तुलनामा यो बिटमा धेरै गतिविधि हुने हुँदा लेख्ने कुरा धेरै हुन्छ । यो बिट हेर्दा आकर्षित देखिएपनि ठूलो मिडिया हाउसको न्युजरुममा यसले खासै प्राथमिकता पाउन सकेको छैन । मनोरञ्जन पत्रकारिताभित्र फिल्म, संगीत, कला, संस्कृति र ग्ल्यामर लगायत पर्दछन् । अहिले कुनै एक विषयमात्र जानेर पुग्दैन । नेपालमा दुई खालको फिल्म समिक्षा गर्ने ट्रेन्ड छ । प्रायोजित समिक्षा गर्ने समिक्षकहरु धेरै भएकाले फिल्म हेरेर सही समिक्षा गर्ने समिक्षकहरु जहिले फिल्मकर्मीहरुको आंखाको तगारो हुनुपरेको छ । फिल्मकर्मीहरु सही समिक्षाको महत्व बुझ्न चाँहदैनन् ।
 
 
 
पत्रकारिता गर्दाका केही अविष्मरणीय क्षणलाई कसरी सम्झनु हुन्छ ?
 
 
त्यस्तो क्षण धेरै छन् । कोहीले अफिसमै आएर पनि धम्क्याए । कोही बाटोमा हुलले घेरेर तँलाई अब बाँच्नुपर्दैन भनेर थर्काउँथे । एउटा घटना अहिलेसम्म दिमागमा ताजा छ । केही वर्षअघि मेरो बाइलाइनमा नागरिकको मुख्य पृष्ठमा नेपाल आर्मी र नेपाली फिल्मका अभिनेत्रीहरुसम्बन्धी समाचार छापिएको थियो । यो समाचार छापिएपछि गाली गलौज गरेर धेरै फोनकल आए । त्यसको फलोअप समाचारहरुपनि आए ।
 
 
त्यो दौरान समाचारमा उल्लेख भएका आर्मीहरुमाथि गृह मन्त्रालयले अनुसन्धान गरिरहेकोसम्म सुनेको थिए । करिब २ वर्षपछि नेपाल आर्मीमा काम गर्ने एउटा दाईले उक्त आर्मीको पारिवारिक सम्बन्धमा ठूलो भुईंचालो गएको खबरले नराम्रो महसुस भएको थियो । अर्को मिटुसम्बन्धी समाचारमा एउटा कलाकारको वास्तविक स्टोरी लेखेको थिए । यो समाचार छापिएपछि उहाँलाई धेरैले उल्टो किन यस्तो अन्तर्वार्ता दिएको भनेर गाली पो गरेछन् ।  

थप समाचार

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 9 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

  • 10 minutes ago
सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्

नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

  • 12 minutes ago
नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

एजेन्सी । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।