सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

काठमाडौँ । कोरोना भाइरस, (कोभिड —१९) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले  सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् ।

 

घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउँछन् । “सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उनले भने । कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उनको आक्रोस छ । उनी भन्छन्, “सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको ?” नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको बुझाइ छ ।

 

त्यस्तै प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उहाँले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहेका छन् । मजदुरी गरेर जिविका चलाउने उहाँको जीवन भने केही कष्टकर नभएको होइन । “सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्”, उनले भने । 

 

अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस  एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद अमृत ढकाल बताउँछन् । उनी भन्छन्, “अहिले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।” सामाजिक   सञ्जालमै समय बिताइरहेका उनी पहिले अधिकांश समय बाहिरै बिताउँथे । आजकल परिवारसँगै समय बिताउन पाउँदा उनी निकै हर्षित छन् ।


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 2 hours ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 2 hours ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।