सामाजिक सञ्जालका कारण मानव बेचबिखनका घटनामा वृद्धि

  • शुक्रबार, २२ भदौ, २०७५
  • 2 weeks ago
  • नेपाल

काठमाडौँ । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । 

 

पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । 

 

सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने घटनासमेत बढेको छ ।

 

 प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१÷७२ मा ३५, आव २०७२÷७३ मा ४३, आव २०७३/७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । 

 

यस्तै मानव बेचबिखन सम्बन्धमा आव २०७१÷७२ मा १८१, आव २०७२/७३ मा २१२, आव २०७३/७४ मा २२७ र आव २०७४/७५ मा ३०८ व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । 

 

नेपाल प्रहरीले साइबर अपराध सम्बन्धमा हाल महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँ र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत मुद्दा चलाउँदै आएको छ भने मानव बेचबिखनको क्षेत्रमा भने देशभरका २०८ प्रहरी इकाइबाट मुद्दा चल्दै आएको छ । 

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री साइबर अपराधमा युवा वर्ग बढी संलग्न रहेको बताउनुहुन्छ । “विशेषगरी १५ देखि १९ वर्षका युवायुवती साइबर अपराधमा धेरै लागेको पाइन्छ,” उहाँ भन्नुहुन्छ । 

 

मानव बेचविखनभित्र यौन शोषण, श्रम शोषण, मानव अङ्ग प्रत्यारोपण, वेश्यावृत्तिलगायतलाई मानव बेचविखनअन्तर्गत राखेकाले मानव बेचबिखनका क्षेत्रमा वृद्धि भएको उनको भनाइ छ । साइबर र मानव बेचबिखनको क्षेत्रमा प्रहरीले सक्रियताका साथ काम गरेको उनको भनाइ छ ।

 

तराई क्षेत्रमा खुला नाकाका कारण पनि मानव बेचबिखन धेरै हुने गरेको छ । प्रहरीले आव २०७१÷७२ मा एक हजार ३७९, आव २०७२÷७३ मा एक हजार ६७३, आव २०७३÷७४ मा एक हजार ६३० र आव २०७४⁄७५ मा दुई हजार ७७ महिला तथा बालबालिकालाई तराईका विभिन्न नाकाबाट उद्दार गरेको छ । 

 

मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका कारण साइबर अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

“सामाजिक सञ्जालमा निःशुल्क ‘डाउनलोड’ गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा ‘डाउनलोड’ गर्दा साइबर अपराध बढी हुने गर्दछ,”– प्रवक्ता क्षेत्री भन्छन्, “फेसबुकमा साथी बनाउँदा कस्तो प्रकारको साथी हो चिनेकालाई मात्र साथी बनाउनुहोस् अन्यथा फसाउन सक्छन् ।” 

 

महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती महाशाखामा एक वर्षमा एक हजार ५०० भन्दा बढी साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएको बताउँछन् । “प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनामा निवेदन दिनेको सङ्ख्या पनि बढ्दो छ,”–उनी भन्छन् । 

 

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । प्रहरी प्रधान कार्यालयले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या गर्ने गरेको क्रम बढ्दै गएकाले यस्ता अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ । 

 

 


थप समाचार

कात्तिक दोस्रो साताबाट निङ्गलाशैनी प्रिमियर लिग

  • 46 minutes ago
कात्तिक दोस्रो साताबाट निङ्गलाशैनी प्रिमियर लिग

बैतडी । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ ।

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

  • 53 minutes ago
ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज

थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

  • 1 hour ago
थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

लमही नगरपालिका—९ सतबरिया माइत भएकी लक्ष्मी चौधरी अहिले २९ वर्ष पुगिन् । थाहा पाउने भएदेखि नै उनको शरीरका जोर्नी, खुट्टा दुखिरहन्थ्यो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।