IIMS College

ISMT

HUB Education

चेतना बढ्यो, तर घटेन बालश्रम र विवाह

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लमही । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने अभियान जारी छ । बालश्रम र बालविवाह हुने गरेका उपमहानगरपालिकाका पाँच वडामा अभियान सञ्चालन भइरहेको छ ।

 

अभियान सञ्चालन भइरहेका ती वडामा बालविवाह र बालश्रम लगाउनु हुँदैन भन्ने चेतनामा वृृद्धि भए पनि व्यवहारमा भने लागू भएको छैन । यसकै फलस्वरुप अझै पनि ती वडामा बालश्रम र बालविवाह भएको पाइएको तुलसीपुर उपमहानगर बाल अधिकार संरक्षण समितिका अध्यक्ष नवराज लामिछानेले बताए ।

 

‘हामीले चारवटा वडामा बालविवाह र बालश्रम न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिरहेका छौँ, ती वडाका सबै नागरिक तथा बालबालिकाको सर्वेक्षण गर्दा सबैले बालश्रम र बालविवाह गर्नु कानून विपरीत भन्ने बुझेका छन्’, उनले भने, ‘तर पनि बालविवाह र बालश्रम पनि याथावतै रहेको छ ।’

 

तुलसीपुरको साविक उरहरि, टरिगाउँ र हलबार तथा हालको ४, ७,  १०, ११ र १२ नं. वडामा सबैभन्दा बढी यो समस्या देखिएको भन्दै ती वडामा बालश्रम न्यूनीकरणका लागि चेतनामूलक नाटक, बालश्रम र बालविवाह नगर्न भनी प्रमुखले पठाएको पत्र, अन्य पर्चा पम्प्लेट वितरण गर्नुका साथै सामाजिक परिचालकमार्फत घरघरमा चेतना प्रदान गरिहेको भए पनि बालश्रम र बालविवाह अझै हुने गरेको पाइएको उनले बताए । 

 

उनका अनुसार पछिल्लो चार महीनाको तथ्याङ्क हेदा ती वडामा ३८२ बालविवाह भएको पाइएको छ । जसमा २८५ बालिका र ९७ बालक रहेका छन् । त्यस्तै ४२ बालक र सात बालिका बालश्रममा रहेको पाइएको छ भने १३४ बालक र १६० बालिकाले विद्यालय छोडेका छन् ।

 

अझै पनि बालश्रम तथा बालविवाह उल्लेख्य रुपमा न्यूनीकरण हुन नसकेको भन्दै कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

 

आउँदा दिनमा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्दा उल्लेख्य मात्रामा बजेट व्यवस्थापन गर्नुपर्ने, कार्यक्रमलाई निरन्तरता दिइने, सञ्चारका माध्यमबाट व्यापकरुपमा सचेतनामूलक सूचना सम्प्रेषण गर्ने कार्यलाई निरन्तरता दिने समेत बताए ।

 

अहिले नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका, जिविसलगायतको आर्थिक सहयोगमा बालविवाह तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहेको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चुनाराले जानकारी दिए । (रासस)


थप समाचार

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 8 minutes ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

  • 12 minutes ago
अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गर्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

  • 13 minutes ago
महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस सम



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।