आरन व्यवसायबाटै मनग्य आम्दानी

फाइल फाेटाे
Education Park

सुर्खेत । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दिपायलस्थित राजपुरमा सञ्चालन गर्नुभएको आरन व्यवसायबाट उहाँले आफ्नो पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खान पिन र व्यक्तित्व विकासमा अघि बढाउन आफू सक्षम भएको बताए । 

 

पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थालेपनि उनले यो व्यवसाय राम्रैसँग चलाउनुभएको छ । विगत एक दशकदेखि डोटीको दिपायलस्थित राजपुर बजार बाहिरको सरकारी जग्गामा एउटा सानो छाप्रोभित्र यो व्यवसाय सञ्चालन गरिरहेका ओड आफ्नो कामप्रति गर्व गर्छन् । 

 

बाल्यकालदेखि नै फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा थालेका हुन् । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरूको पुर्ख्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको उनले बताए । 

 

‘आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको दशकौँ बितिसके । अझै कति समय बिताउने हो, त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन’, ओडले भने, ‘लोप हुन लागेको यो पेशालाई स्थानीय सरकार तथा सरोकारवाला निकायले संरक्षण गर्न सक्नुपर्दछ ।’ 

 

‘दिपायलस्थित पिपल्ला र राजपुर बजारमा मात्रै होइन, छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँका बासिन्दासमेत कृषिका लागि आवश्यक पर्ने फलामे साधन बनाउन मेरो घरमै आउने गरेका छन्’, उनले भने, ‘आफूले विगत एक दशकदेखि यहाँको सरकारी जग्गामा घर बनाएर फलाम पिट्ने काम गरिरहेको छु तर आजसम्म ग्राहकबाट कुनै गुनासो आएको छैन् ।’ 

 

‘कतिपय ग्राहकले खुशी भएर ज्यालाभन्दा बढी रकम दिने गरेका छन्’, उनले भने, ‘मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुशी हुन्छन् तर स्थानीय सरकारले अहिलेसम्म यो व्यवसायका लागि सहयोग गर्न नसकेको गुनासो गर्दै उहाँले सकेन र मैले गरेको परिश्रम पनि देखेन ।’ 

 

छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ । बिहानै ७ बजेदेखि दिनभर काम हुने ओडको आरनमा औजार बनाउन आउनेको दैनिक घुइँचो नै लाग्ने गरेको हुन्छ । 

 

जनशक्तिको अभावमा आफूले खासै चाहे जति काम गर्न नसके पनि पाँच जनाको परिवारको घरखर्च र छोराछोरीको स्कूल खर्चसमेत फलाम पिटेरै धानेको उहाँको भनाइ छ । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उहाँले आफ्नो व्यवसाय राम्रै चलाउनुभएको छ । 

 

त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उहाँले आफ्नो गाउँमा आरन व्यवसाय खोल्नुभएको हो । उहाँको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउने सधैँ भीड लाग्ने गरेको छ । 

 

त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–१ का आरन व्यवसायी जगत लुहारले पनि गाउँमा राम्रैसँग आरन व्यवसाय चलाउँदै आउनुभएको छ । गाउँपालिकाको केही आर्थिक सहयोगबाट उहाँले सो व्यवसाय शुरु गर्नुभएको हो । जिल्लामा आरन व्यवसाय लोप हुने अवस्था आएपछि यहाँका स्थानीय तहले यो व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोग गर्दै आएको छ । 

 

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरुपमा उक्त व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगर प्रमुख मञ्जु मलासी बताउँछन् ।

 

उनी भन्छन्, ‘आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नेलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्टयाउने छौँ ।’ (रासस)


थप समाचार

प्रि–सिजनको पहिलो खेलमा आर्सनलको जित

  • 13 minutes ago
प्रि–सिजनको पहिलो खेलमा आर्सनलको जित

एजेन्सी । अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनलले इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब वायर्न म्युनिखलाई पराजित गरेको छ । प्रि–सिजनको पहिलो खेलमा एल ए गेलेक्सी क्लबको होम मैदानमा भएको खेलमा आर्

फेरि बिकिनी पोजमा साम्राज्ञी !

  • 19 minutes ago
फेरि बिकिनी पोजमा साम्राज्ञी !

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह ।

लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

  • 22 minutes ago
लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

एजेन्सी । बलोन डी’ओर विजेता खेलाडी लुका मोड्रिचलाई इटालियन क्लब एसी मिलानले भित्र्याउने चाहना राखेको छ । रियल मड्रिडबाट गत सिजन राम्रो खेल प्रदर्शन गर्न नसकेका मोड्रिचलाई रियलले पनि अन्य पठाउने चाहना



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।