IIMS College

ISMT

HUB Education

मेलुङ गाउँपालिकाभित्रका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती

  • सोमबार, १६ भदौ, २०७६
  • 5 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडाका दलित, थामी तथा सीमान्तकृत समुदायका घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो ।

 

उज्यालो मेलुङ नारालाई साकार पार्न अनुदान वितरण गर्न शुरु गरेको सौर्यबत्ती सेटमा एक घरपरिवारलाई पुग्ने गरी चार वटा चिम, एउटा ब्याट्री, एउटा सोलार प्यानल र सौर्यबत्ती जडानका लागि आवश्यक पर्ने सामग्री रहेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

 

 बिहीबारबाट शुरु गरेको अभियानमा मेुलुङ गाउँपालिका वडा नं ७ का १११ दलित तथा सीमान्तकृत र आइतबार वडा नं ४ का ४३ घरपरिवारलाई सौर्यबत्ती सेट उपलब्ध गराएको छ । बाँकी रहेका अन्य वडामा क्रमिकरूपमा वितरण गर्दै जाने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

 

 अनुदानमा वितरण गर्न लागेको सौर्यबत्ती सेटको मूल्य प्रतिसोलार सेट रु १२ हजार पर्ने र गाउँपालिकाभित्रका एक हजार परिवारलाई नै वितरण गर्न करीब रु एक करोड २० लाख रकम पर्ने भएतापनि त्यसको सबै लागत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताए । मेलुङ गाउँपालिकाको दुर्गम क्षेत्रमा नियमित विद्युत् नहुने र अन्धकारमा बस्नुपर्ने बाध्यता तथा बालबालिकालाई अध्ययन गर्न समस्या हुने भएका कारण गाउँपालिकाले वैकल्पिक ऊर्जाको कार्यक्रमलाई अघि सारेको हो । 

 

 

मेलुङ गाउँपालिकाले उज्यालो मेलुङ अभियानअन्तर्गत गाउँपालिकाको मुख्यचोक तथा विभिन्न बस्तीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न गाउँसभाबाट नीति तथा कार्यक्रम नै पास गरी रु १० लाख रकमसमेत विनियोजन गरेको छ ।


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 6 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 7 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 7 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।