एक आमाले गरिन् आफ्नो छोरालाई पुनर्जीवित !
- शुक्रबार, ११ जेष्ठ, २०७५
- 8 months ago
- जीवनशैली/स्वास्थ्य

एजेन्सी । दुई वर्ष अगाडि क्यानसरका कारण छोरा गुमाएकी एक आमाको कोशिसबाट उनलाई पुनर्जीवित गर्न सफल भएकी छिन् । भारतको पुणेमा बस्दै आइरहेकी शिक्षिका राजश्री पाटिलले एक सरोगेट आमाको मदतले आफ्नो विवाह नै नगरेको छोरा प्रथमेशको जुम्ल्याहा सन्तान दिलाउन सफल भएकी छिन् ।
यो सबै कुनै चमत्कार भने होइन । विज्ञानको कमाल हो । यसका कारण सन्तानको पिडामा रहेकी आमालाई पुन खुसीको क्षणहरु फर्केका छन् । प्रथमेशको जुम्ल्याहा सन्तान उनको शुक्राणुको सहायताले भएको हो । उनको मृत्यु पुर्व ती शुक्राणुहरुलाई सुरक्षित राख्ने काम गरिएको थियो ।
मेरो प्रथमेश मलाई पुन मिलनेको छ
पुणेमा बस्दै आइरहेका प्रथमेशको उमेर केबल २७ वर्षमात्र रहेको थियो । सन् २०१० मा आफ्नो पढाइका लागि उनी जर्मनी गएका थिए । तर, सन् २०१३ मा उनलाई ब्रेन ट्युमर भएको रहस्य बाहिर आयो । जुन निकै खतरनाक स्टेजमा रहेको थियो । त्यस समय नै उनको विर्य सुरक्षित राखिएको थियो । उक्त विर्यलाई सरोगेसीमा प्रयोग गरियो । ३५ वर्षिय एक सरोगेसी आमाले एक छोरी र छोरालाई जन्म दिइन् ।
राजश्रीले एक मिडियालाई दिएको जानकारी अनुसार,‘मलाई मेरो छोरा प्रथमेश पुन मिल्यो । म आफ्नो छोराको निकै नजिक रहेकी थिए । उ पढ्नमा निकै तेज थियो । इंन्जिनियिरिङ अध्ययनका लागि उ जर्मनी गएको थियो । मास्टर डिग्रीको अध्ययन गरिरहेको मेरो छोरो अचानक बिरामी पर्यो । उसको क्यानसरको स्टेज चौथो स्थानमा रहेको थियो । डाक्टरले प्रथमेसको किमोथेरापी दिन सुरु गर्नुभन्दा पहिला नै उनको विर्य सुरक्षित राखियो ।’
प्रथमेशले आफ्नो आमा र बहिनीलाई आफ्नो मृत्यु पश्चात आफ्नो विर्यको नमुना प्रयोगका लागि नोमिनी गरेका थिए । राजश्रीलाई यस कुराको कत्ति पनि विश्वास थिएन कि उनी आफ्नो सन्तानको विर्यबाट पुन उनका सन्तानहरु प्राप्त गर्नेछिन् ।
सुरक्षितसाथ राखिएको उनको विर्य एक गैर पारिवारिक दाताको अण्डासँग मिलाप गराइयो । मेल गराएपछि एक जना नजिकको नातेदारको गर्भमा यसलाई राखिएको थियो ।
२७ वर्षको लक्का जवान छोरो गुमाउँदा उनी कत्ति पनि रोइनन् । उनी आफ्नो सन्तानलाई पुन प्राप्त गर्ने सोचमा मात्र थिइन् । उनले सुरक्षित राखिएको वीर्य सरोगेट प्रेगनेन्सीमा प्रयोग गरिन् ।
जर्मनीसम्मको यात्रा
आफ्नो सन्तानलाई पुन प्राप्त गर्न उनले जर्मनीसम्मको यात्रा गरिन् । उनले जर्मनी गएर आफ्नो छोराको विर्य ल्याउने काम गरिन् । यस प्रक्रियामा उनले सबै औपचारिकता समेत पुरा गरिन् । भारत आएपछि उनले पुणे सह्राद्रि अस्पालमा आइबिएफको सहारा लिइन् ।
उक्त अस्पतालकी डाक्टर सुप्रियाले उनको हरसम्भव मदत गरिन् । उनका लागि यो प्रक्रिया दिनहुँ जस्तोको काम थियो । तर, यो केश भने अलि फरक रहेको उनले बताएकी थिइन् । उनका अनुसार यो केश पुर्ण त एक आमाको भावनासँग जोडिएको थियो जो आफ्नो सन्तान पुन पाउन चाहन्थिइन् । प्रेगनेन्सीका दौरान राजश्रीले संयमता अपनाएकी थिइन् ।’
थप समाचार
भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो
- 6 seconds ago

काठमाडौँ । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ ।
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास
- 2 hours ago

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?
- 4 hours ago

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।