सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले मनायो नयाँ वर्ष

  • सोमबार, २ बैशाख, २०७६
  • 2 months ago
  • युके
Education Park

 

लण्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेले नयाँं वर्ष २०७६को उपलक्ष्यमा  शुभकामना आदान प्रदान, सम्मान तथा अभिनन्दन र सांंस्कृतिक कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल हलमा आयोजना गरी  मनायो  । 

 

दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणमा शुभकामना आदानप्रदान तथा  सम्मान गरिएको  थियो।

 

कार्यक्रमका संचालक तथा सोसाइटीका सचिव अर्जुन पौडेलले भौतिक रूपले नेपाल र नेपाली माटोबाट टाढा रहेता पनि नेपाल र नेपालीपनको मायाले डोर्याएर  हामी सबै  यो ठाउँमा भेला भएको भन्दै सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेले हरेक वर्ष आउने नयाँं वर्षलाई स्वागत गर्दै समुदायबाट विभिन्न विधामा मास्टर्स, ग्रयाजुएट, ए लेभल र जिसीएसई गरेका छोराछोरीहरुलाई सम्मान र प्रोत्साहन  गर्ने गरेको बताए।

 

ससाना भाईबहिनीहरुको नेपाली तथा अङ्ग्रेजी राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा संस्थाकी सदस्य नमिता कार्कीले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी  थिइन् । 

 

सो अवसरमा विभिन्न विधामा मास्टर्स, ग्रयाजुएट, ए लेभल र जिसीएसई गरेकाहरुलाई सम्मान र अभिनन्दन नेपालबाट आएका तनहुं ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, सस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायण भट्टराई र  वर्तमान अध्यक्ष शेखर वाग्लेले गरेका थिए । अध्यक्ष वाग्लेले  विदेशी भूमिमा हुर्केका दोश्रो पुस्ताका नानीहरुलाई आफ्नो संस्कृति तथा परम्पराको जानकारीका लागि यस्ता कार्यक्रम जरुरी रहेको बताए ।   

 

यस  वर्ष पनि सस्थाले आफ्नो मुखपत्र सार्वजनिक गरेको थियो ।

 

दोश्रो चरणमा सङ्गम भण्डारीले सन्चालन गरेको  सांस्कृतिक  कार्यक्रममा ससाना नानीबाबुहरुको नृत्य, गीत र अभिनयबाट दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । उक्त कार्यक्रममा  सदिक्षा अधिकारी, रिया गिरी, महिमा पराजुली , सञ्जु श्रेष्ठ , प्राप्ति ढुंगाना, सरिसा पाण्डे , विराट कोइराला, सम्राट कोइराला, सिजल गौतम ,  श्रष्ठा गौतम, सनुजा श्रेष्ठ , सरिशा पाण्डे , प्राम्शु ढुंगाना , विभिशा, नोभा, शुष्मा ढुंगाना, शीला वाग्ले,  श्रीकित वाग्ले लगायतले आआफ्नो प्रस्तुति दिएका थिए ।

 

संस्थाका  उपाध्यक्ष रामकृष्ण अधिकारीले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । एकअर्कामा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।