Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थदोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्ने गरी काम अघि बढेको छः मन्त्री साउद

दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्ने गरी काम अघि बढेको छः मन्त्री साउद


महेन्द्रनगर (कञ्चनपुर)। परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन्।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए।“भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ।” मन्त्री साउदले भने “कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो।”

दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्र्दभमा अघि बढेको जनाउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताए।“यो मानशखण्ड क्षेत्रको विकासमा योजना बनाएर नेपाल–भारत पर्यटकीय संयन्त्रको विकास गर्ने गरी काम अघि बढेको छ।” उनले भने “भारतको पूर्णागिरी र डडेल्धुराको परशुरामधाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको छ।”

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व पदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, यहाँको पर्यटकीय तथा उद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यसायीका पिरमर्का लगायतका विषयमा धारणा राखेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT