IIMS College

ISMT

HUB Education

दक्षिण कोरियाली आणविक दूत चीन जाने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लागेका छन् । 

 

मङ्गलबार मात्र उत्तर कोरियाले दुई वटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत लि दु हुनले यसै हप्ता चीनको भ्रमण गर्न लागेका हुन् ।

 

कोरियाली द्वीपको शान्ति र सुरक्षासम्बन्धी दूत हुनले यही बिहीबार चीन भ्रमण गर्ने र चीनका उपमन्त्री लुओ चाओइसँग भेटवार्ता गर्ने बताइएको छ ।

 

संयुक्तराज्य अमेरिकासँग उत्तर कोरियाले हालैमात्र वार्ताका लागि आह्वान गरेको थियो । त्यस लगत्तै उत्तर कोरियाले मङ्गलबार मात्र समुद्री तटतर्फ छोटो दूरीका हतियार नै प्रहार गरेको समाचार आएको छ । 

 

दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार उक्त भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरुका साथै कोरियाली द्वीपमा हालै विकसित परिस्थितिका बारेमा कुराकानी हुनेछ । 

 

उत्तर कोरियाका पहिलो उप विदेशमन्त्री चो सन हुईले उत्तर कोरिया अमेरिकासँग आगामी सेप्टेम्बर महिनामा वार्तामा बस्न इच्छुक रहेको जानकारी एक विज्ञप्तिमार्फत दिएका छन् । 

 

उत्तर कोरियाली सरकारी समाचार समितिले सोमबार सो जानकारी दिएको थियो । अमेरिकासँग वार्तामा बस्न आफूहरु इच्छुक रहेको तर वार्ताका लागि दिन भने निश्चित नभएको उनले बताएका थिए ।

 

उनी गत महिना दक्षिण कोरिया भ्रमणमा गएका थिए । त्यस क्रममा उनले संयुक्तराज्य अमेरिका उत्तर कोरियासँग कोरियाली द्वीपका विषयमा कुराकानी गर्न चाहेको बताएका थिए । .

 

सोही अनुसार नै दक्षिण कोरियाले पनि अमेरिकासँग बस्ने चाहना राखेको र त्यसका लागि सेप्टेम्बरको अन्त्यतिरको समय प्रस्ताव गरिएको जानकारी पनि दिएका थिए । 

 

उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ताका लागि तथा आणविक कार्यक्रमहरुको पूर्ण रुपमा अन्त्यका लागि आफूमाथि लागेका प्रतिबन्धहरुलाई फुकुवा गर्नुपर्ने माग गर्दै आएको छ । 

 

तर पनि  अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएका प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा भने केही बताएको छैन । 

 

अमेरिकासँग यसअघि नै भएको कुराकानी अनुसार ती प्रतिबन्धहरु फुकुवा नगर्ने हो भने वार्ताको कुनै औचित्य नै नरहने धारणा उत्तर कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् । 

 

अमेरिका र उत्तर कोरियाबीच तीन पटकसम्म उच्चस्तरीय वार्ता भइसकेका छन् । 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 8 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 8 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 8 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।