IIMS College

ISMT

HUB Education

कोरोना भाइरसः विश्वकै सबैभन्दा भयावह स्थिति स्पेन र इटालीमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो । 

 

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । 

 

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् । 

 

यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन  हजार ६४७ पुगेको हो ।

 

ब्रिटेनका राजकुमार चाल्र्समा पनि कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ ।  त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ । 

 

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ ।

 

स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ । 

 

विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

 

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् । 

 

गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्नु हुँदै मध्यरातबाट लागु हुने गरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गरेका थिए । 

 

“तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेका थिए । 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 46 minutes ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।