स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा बताइएको छ । लगातार तेस्रो दिन नयाँ सङ्क्रमण र सङ्क्रमितको मृत्युमा कमी देखिएको मन्त्रालयले जानकारी गराएको छ ।

 

शनिबार र आइतवारबीचको २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या छ हजार २३ रहेको छ यो शनिबारको तुलनामा करिब एक हजारको कमी हो । सङ्क्रमितको सङ्ख्या शनिबार सात हजार २६ थियो भने शुक्रबार सात हजार ४७२ रहेको थियो । आइतबारसम्म स्पेनमा सङ्क्रमितको सङ्ख्या एक लाख ३० हजार ७५९ पुगेको छ ।  

 

त्यस्तै स्पेनमा विगत २४ घण्टामा ६७४ व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । अघिल्लो दिनभन्दा आइतबारको मृतकको तथ्याङ्क १३५ ले कमी हो । 

 

यसैबीच, स्पेनमा कोभिड–१९ को उपचारका लागि अस्पतालमा भर्ना भएका ब्यक्तिको सङ्ख्या ५८ हजार ७४४ रहेको छ भने यो सङ्ख्या अघिल्लो दिनको सङ्ख्याभन्दा एक हजार १३२ ले बढी हो । त्यस्तै यहाँ जटिल सङ्क्रमण भएका करिब छ हजार ८६१ जनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखी उपचार भईरहेको छ । यो पछिल्लो २४ घण्टामा ३२९ व्यक्तिलाई आईसीयूमा भर्ना गरिएको छ ।

 

स्पेनको बढी प्रभावित क्षेत्र म्याड्रिड र क्याटालान क्षेत्र हुन् । म्याड्रिडमा चार हजार ९४१ जनाको उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने ३७ हजार ५८४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । क्याटलान क्षेत्रमा दुई हजार ६३७ जनाको मृत्यु भएको र २६ हजार ३२ जना सङ्क्रमित छन् । 

 

त्यस्तै, स्पेनमा आइतबारसम्म निको भएर घर फर्केका विरामीको सङ्ख्या ३८ हजार ८० पुगेको छ । यो अघिल्लो दिनभन्दा तीन हजार ८६१ व्यक्ति निको भएर घर फर्किएका छन् । 

 

 शनिबार स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले देशवासीका नाममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गरेका थिए । सम्वोधनमा उनले गत मार्च १४ मा घोषणा गरेको कोभिड–१९ विरूद्धको सतर्कता यही अप्रिल १२ गते समाप्त हुने भनिएको भएपनि यसलाई थप दुई हप्ता बढाई अप्रिल २५ सम्म पु¥याइएको जानकारी गराएका थिए ।

 

उनले देशव्यापीरूपमा लागु गरिएको लकडाउनका कारण नयाँ सङ्क्रमितको सङ्ख्यामा सामान्य कमी आएकोले स्पेनले यही उपायलाई आगामी केही साता कडाईका साथ लागु गर्नुपर्ने बताएका थिए । राज्यद्वारा जारी सङ्कटका समयमा सतर्कता अपनाउने निर्देशन समाप्त भएको केही हप्तासम्म नागरिकको तर्फबाट सावधानी अपनाएमा कोरोनाविरूद्धको लडाईमा सफलता मिल्ने बताएका थिए । 


थप समाचार

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 7 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 27 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।

रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 56 minutes ago
रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।