रसिया विश्वकपमा स्पेन कति बलियो ?

  • आइतबार, २० जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

काठमाडौं । स्पेन सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपको उपाधि विजेता टिम पनि । स्पेनले २० वटा विश्वकपमध्ये १४ वटामा सहभागिता जनाएको छ । स्पेनले हालसम्म ४ पटक क्वार्टरफाइनलमा स्थान बनाएको छ । त्यस्तै, सन् १९५० मा सेमिफाइनलमा स्थान बनाएको थियो भने ६ पटक त सेमिफाइलमै सीमित बनाएको थियो । 

 

सन् २०१४ को विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । तर पछिल्लो समयमा स्पेन निकै लयमा रहेको छ । त्यसकारण स्पेन उपाधिको दाबेदारकै रुपमा प्रस्तुत भएको छ । 

 

रसिया विश्वकपको लागि स्पेन समूह बीमा परेको छ । समूह बीमा नै यूरोकप च्याम्पियन पोर्चुगल, मोरक्को तथा इरान पनि परेको छ । 

 

स्पेनले सन् २०१० को विश्वकपको उपाधि जित्दा नेदरल्याण्डविरुद्ध बार्सिलोनाकोमात्रै ७ जना खेलाडी उतारेको थियो । जतिबेला बार्सिलोनाले यूरोपियन फुटबलमा राज गरेको थियो । पेप ग्वार्डिवलाले सम्हालेको बार्सिलोनाले सन् २००९ मा उत्कृष्ट प्रदर्शन गरेको थियो । बार्सिलोनाले सन् २००९ मा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

 

आगामी विश्वकपको लागि स्पेनले २३ सदस्यिय खेलाडी घोषणा गरेको छ । खेलाडी सूचीमध्ये १७ जना ला लिगा खेल्ने खेलाडी रहेका छन् । सो मध्येबाट ४ जना बार्सिलोनाका खेलाडी रहेका छन् । बार्सिलोनाका खेलाडीहरुमा आन्द्रेज इनियष्टा, सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र जोर्डी अल्बा रहेका छन् । सर्जी रोबर्टोले भने रसिया विश्वकपमा यात्रा गर्न पाउनेछैनन् । उनलाई प्रशिक्षक जुलेन लोपेतेगुईले स्वाडमा नराखेका हुन् । त्यस्तै चेल्सीका अल्भारो मोराटा, मार्को अलन्सो तथा भिटोलोले पनि स्थान बनाउन सकेनन् ।

 

प्रशिक्षक लोपेतेगुई

 

 

८ वर्ष स्पेनको राष्ट्रिय टिम सम्हालेका प्रशिक्षक भिन्सेन्टी डेल बोस्कीपछि स्पेनको टोलीलाई प्रशिक्षण गर्ने जिम्मेवारी सन् २०१४ देखि जुलेन लोपेतेगुईको काँधमा आएको छ । रियल मड्रिड तथा बार्सिलोनाजस्टा टिमका मुख्य खेलाडी लोपेतेगुईसँग स्पेनको अन्डर १९, अन्डर २० तथा अन्डर २१ टिम सम्हालेको अनुभव छ र सोही कारणले गर्दा रसिया विश्वकपमा स्पेनलाई पुर्याउने जिम्वेवारी उनको काँधमा आएको थियो । उनले स्पेनलाई विश्वकपमा छनोट गराए पनि । अब उनको जिम्मेवारी भनेको विश्वकपको उपाधि जित्नु रहेको छ । किनकी केही महत्वपूर्ण खेलाडीहरुलाई रसिया नलैजाने निर्णय लिएको कारण उनी विवादमा पनि तानिएका छन् । सोही कारणले उनले आफूले आफूलाई प्रमाणित गर्नको लागि विश्वकपको उपाधि जिताउनुपर्नेछ ।  

 

खेलाडी सूची

 

गोलकिपरः

 

डी गेया, रैना र केपा

 

डिफेन्डरः

 

कार्भाहाल, ओडिरियोजोला, पिके, रामोस, नाचो, एज्पेइलोकोयटा, जोर्डी अल्बा र मोन्रियल

 

मिडफिल्डरः

बुस्क्वेट्स, साउल, कोके, थियागो, इनियष्टा र सिल्भा

 

फरवार्डः

इस्को, एसेन्सियो, भास्क्वेज, आइगो आसपास, रोड्रिगो र डिएगो कोस्टा

 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 11 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 3 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 8 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।