स्पेनले क्रोएशियालाई भारी गोल अन्तरले हरायो

  • बुधबार, २७ भदौ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौं । मंगलबार राति सम्पन्न यूइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले क्रोएशियाविरुद्ध ६–० गोलको जित दर्ता गरेको छ । 

 

मार्टिनेज भालेरो रंगशालमा सम्पन्न खेलमा स्पेनले एकोहोरो दवाव सृजना गरिरहेको थियो । स्पेनले पहिलो हाफमा नै ३–० गोलको अग्रता बनाउन सक्यो । स्पेनको लागि खेलको २४ औं मिनेटमा साउल निगुईजले गोल गरे त्यस्तै,  ३३ अ‍ैं मिनेटमा मार्को एसेन्सियो तथा ३५ औं मिनेटमा क्रोएशियाका लोभ्रे कालिनिकले आत्मघाति गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० गोलले अघि रह्यो ।

 

दोस्रो हाफमा पनि आक्रामक स्पेनले ४९ औं मिनेटमा नै गोल गर्यो । उक्त गोल रोड्रिगोले गरेका हुन् । त्यस्तै ५७ औं मिनेटमा सर्जियो रामोस तथा ७० औं मिनेटमा इस्कोले गोल गरेपछि स्पेनले महत्वपूर्ण जित हाता पारेको हो । 

 

यसअघिको खेलमा स्पेनले इंग्ल्याण्डविरुद्ध पनि २–१ गोलको जित निकालेको थियो । 

 


थप समाचार

मुलुकी संहितासम्बन्धी विधेयक सर्वसम्मतिले राष्ट्रियसभामा पारित

  • 9 minutes ago
मुलुकी संहितासम्बन्धी विधेयक सर्वसम्मतिले राष्ट्रियसभामा पारित

काठमाडौँ । राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रति

क्रेनको ठक्करबाट नायब सुब्बाको निधन

  • 21 minutes ago
क्रेनको ठक्करबाट नायब सुब्बाको निधन

पशुपतिनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सु

टेकोको भरमा साततले दरबार, विस्तारै खस्दै

  • 28 minutes ago
टेकोको भरमा साततले दरबार, विस्तारै खस्दै

नुवाकोट । देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मे



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।