अन्तिम १६ मा स्पेनले रसियाको सामना गर्ने, उरुग्वेको प्रतिद्वन्ंद्वी पोर्चुगल

Education Park

काठमाडौँ । समूह चरणको अन्तिम खेलमा मोरक्कोसंग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता बनेको छ।  स्पेन समूह ‘बी’ को विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६मा प्रवेश गरेको छ । 

 

समूहको अर्को खेलमा पोर्चुगलले ईरानसम्ग बराबरी खेलेपछि स्पेन गोल अन्तरको आधारमा समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । 

 

खेलमा सुरुवाती अग्रता मोरक्कोले लिएको थियो । १४ औ मिनेटमा खालिद बाउटेबले स्पेनविरुद्ध गोल गरे । 

 

त्यसपछि इस्कोले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिन ९ मिनेट अगाडी युसुफ एन नासरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिए तर इन्जुरी समयको पहिलो मिनेटमा आएगो आसपसले गोल गर्दै मोरक्को अंक बाँडेको हो ।

 

उता क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि पोर्चुगल समूह उपविजेता बन्नुपरेको छ । इरानसँगको खेलको ५३ औं मिनेटमा पोर्चुगलले पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्न सकेनन् । 

 

रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाएका हुन् । खेलको ४५ औं मिनेटमा पोर्चुगलको लागि रिकार्डो करिज्माले गरेको गोल अन्तर दोब्बर बनाउने मौका गुमाए । 

 

खेलमा थपिएको समयको तेस्रो मिनेटमा इरानको लागि करिम अन्सारीफ्रेडले पेनाल्टीमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।


थप समाचार

अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

  • 21 minutes ago
अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व

विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

  • 29 minutes ago
विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।

यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

  • 33 minutes ago
यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

धनुषा । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।