स्पेनका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् गठन

मड्रिड । स्पेनका नवनियुक्त समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले मन्त्रीपरिषद् गठन गर्दा आफुलाई समर्थन गरेको पार्टीलाई नै नसमेट्ने भएका छन् । 

 

निवर्तमान प्रधानमन्त्री मारिएनो राजोएलाई हटाउने बेलामा सहयोग गरेको बामपन्थी पार्टी पोडेमोजलाई नै नसमेटी मन्त्रीपरिषद् गठन गरेको सोसलिष्ट पार्टीका उच्च अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । 

 

पोडेमोजले नै अन्य पार्टीहरूलाई समेटेर सान्चेजले सरकार बनाउनु बढी स्थिर हुनसक्ने बताएकाले नसमेटिएको सोसलिष्ट पार्टीका उप महासचिव अद्रिना लाष्ट्राले बताए । 

 

“सरकारमा सहभागी हुनेहरुको नामावली केही दिनमै सार्वजनिक हुन्छ,” एक टेलिभिजनलाई दिएको अन्तवार्तामा उनले भने । उप महासचिव लाष्ट्राले नयाँ सरकार वास्तवमै समाजवादी हुने दावी पनि गरे । 

 

सरकार सञ्चालनको अनुभव नभएका ४६ बर्षीय अर्थशास्त्री सान्चेजले आइतबार नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । 

 

उनले यसअघिको सरकार विरुद्ध संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा मतदान हुँदा सरकारको पक्षमा बहुमत नपुगेपछि उनी प्रधानमन्त्री बनेका हुन् । 

 

सान्चेजले निवर्तमान प्रधानमन्त्री राजोए नेतृत्वको सरकारलाई भ्रष्टाचारको आरोप लगाउँदै प्रधानमन्त्रीलाई हटाउन माग गरेका थिए । उनका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

 

स्पेनमा निकै प्रभावशाली नेता मानिनुहुने ६३ बर्षिय राजोए गत सन् २०११ देखि राज्य शक्तिमा थिए । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् । 

 

स्पेनको संसदको कुल ३५० सिट मध्ये सान्चेजको पार्टीसँग ८४ जना मात्रै सांसद रहेका थिए । राजोएलाई हटाउन सान्चेजलाई अन्य विपक्षी पार्टी र क्षेत्रीय पार्टीहरुले समेत साथ दिएका थिए । 

 

सान्चेजको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए । 

 

समाजवादी पार्टीकी उपमहासचिव लाष्ट्राले अग्रिम निर्वाचन आह्वान गर्ने तयारी गरिएको पनि जानकारी दिए । तर उनले निर्वाचन हुने मितिका बारेमा भने केही बताएनन् । 

 

स्पेनको अहिलेको संसदको म्याद सन् २०२० मा सकिने भएपनि नयाँ सरकारले त्यो भन्दा अगाडी नै निर्वाचन गराउन लागेको हो । 

 

सान्चेजले दर्ता गरेको अविश्वासको प्रस्तावमा समर्थन गरेको पोडेमोज पार्टीका प्रवक्ता नोएलिआ भेराले नयाँ प्रधानमन्त्रीले सरकारमा सहभागीताका बारेमा अहिले सम्म कुनै आग्रह नगरेको बताए ।

 

सान्चेजको प्रस्तावका पक्षमा सोसलिष्ट पार्टीसहित विपक्षी पार्टी पुडेमोज, क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि समर्थन गर्दै मतदान गरेका थिए । 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 11 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 12 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर