रियलको प्रशिक्षक बनेको २४ घण्टा नबित्दै लोपेतेगुईलाई स्पेनको जिम्मेवारीबाट हटाउने तयारी

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 3 months ago
  • खेल
  • Spain

काठमाडौँ । स्पेनका प्रशिक्षक जुलेन लोपेतेगुईलाई रियल मड्रिडले गएराति प्रशिक्षकका रुपमा नियुक्त गर्यो ।

 

विश्वकपको तयारीमा रहेको स्पेन टोलीलाई ध्यान नदिई रियलको प्रशिक्षकका रुपमा नियक्ति भएको भन्दै उनको कडा आलोचना भएको छ ।

रियलमा प्रशिक्षक भएको २४ घण्टा पनि नबित्तै उनलाई राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाउने तयारी भइरहेको खबर बाहिर आइरहेको छ । उनले धोका दिएको स्पेनिस एफए (रेफ)का प्रमुख लुइज रुवेल्सले बताएका छन् ।

 

बुधबार उनको राष्ट्रिय प्रशिक्ष्ग्क हटाउने वा विश्वकपसम्म याथवत् राख्ने कुराको टुंगो लाग्ने बताइएको छ । 

 

स्पेनका फिफा अधिकारीहरु उनको यो निर्णयले रिसाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उनको विकल्पको पनि खोजी भइरहेको बताइएको छ । विश्वकपमा पहिलो खेल पोर्चुगलविरुद्ध आमनेसामने गर्ने तयारीमा रहेको स्पेनलाई यो समाचारले ठुलै झट्का लाग्ने बताइएको छ ।

 

यस्ता खाले घटनाले टिममा नराम्रो असर पार्ने तथा मनोबल गिराउने मिडिया रिपोर्टमा उल्लेख छ । उनको विकल्पमा न्युक्यासलका प्रशिक्षक राफा बेनेटिजलाई नियुक्त गर्न सकिने हल्ला पनि उत्तिकै चलेको छ ।

 

त्यस्तै अण्डर–२१ प्रशिक्षक अल्बर्ट हेलाडेसलाई पनि नियुक्त गर्न सकिने बताइएको छ । 

 


थप समाचार

विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

  • 16 minutes ago
विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

काठमाडौं । के नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुल समायोजन गर्दैछ ? पछिल्लो दिनमा जताततै यो प्रश्न उठन थालेको छ । गत आर्थिक वर्षदेखि नाफामा जान थालेको प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरिरहेक

कोरियाली द्वीपमा शान्तिको आशा

  • 27 minutes ago
कोरियाली द्वीपमा शान्तिको आशा

महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा

पेटको बोसो घटाउँन ९ घरेलु उपाय

  • 49 minutes ago
पेटको बोसो घटाउँन ९ घरेलु उपाय

एजेन्सी । मोटोपनको समस्याले धेरै मानिसलाई सताएको छ । अझ पेट लाग्ने समस्याले धेरै मानिसलाई हैरान बनाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।