Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालअनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ


काठमाडौँ । अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेलीरखेलाइ सहभागी भएकाले नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा रु २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा निजलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक छेडे जिब्रो

राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको

गण्डकी प्रदेश सभा आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रदेश सभाको आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिस बमोजिम वैशाख ७ गते शुक्रबार

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया

सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

बुटवल । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT