IIMS College

ISMT

HUB Education

श्रीलङ्कामा राजनीतिक संकट गहिरिदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कोलम्बो । श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन् । 

 

सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिएका हुन् । 

 

संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उनको भनाई छ । 

 

गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक सङ्कट सुरु भएको हो । 

 

उनले बाहलवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई हटाएर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 

 

राष्ट्रपतिले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपनि सभामुख जयसुरियाले पूरानै प्रधानमन्त्रीलाई मान्यता दिएका छन् । उनले नयाँ प्रधानमन्त्रीको नियुक्ति नमिलेको तर्क गरेका छन् । 

 

संसद बैठक तत्काल बोलाएर संसदमा जसले बहुमत पु¥याउछ, त्यसैलाई प्रधानमन्त्री मान्नु पर्ने उनको भनाई छ । 

 

श्रीलङ्कमा अहिले प्रधानमन्त्रीबाट अपदस्त गरिएका विक्रमासिङ्घे र नयाँ नियुक्त गरिएका राजापाक्षे दुवैले आफु नै प्रधानमन्त्री भएको दावी गर्दै आएका छन् । 

 


थप समाचार

नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

  • 11 minutes ago
नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 21 minutes ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 29 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।