IIMS College

ISMT

HUB Education

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । 

 

सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए । स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

 

मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्रहरु राखिएको छ । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन ६८ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

 

मतदान सकिना साथ शनिबार नै मत गणना सुरु गरेर आइतबारसम्ममा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ । 

 

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका छन् भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् । 

 

राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले कुल मतदाता मध्ये कम्तीमा ५० प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था रहेको छ । 

 

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता घोषणा गराउने व्यवस्था रहेको छ ।  

वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई प्रतिस्थापन गर्नेगरी हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवारहरुका बीचमा मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।

 

पूर्व रक्षा सचिव गोतावाया राजापाक्षे र आवास मन्त्री सजिथ प्रेमादासका बीचमा प्रतिश्पर्धा हुने देखिएको हो ।दुवै जनाले राष्ट्रिय सुरक्षा, असल शासन, आर्थिक विकासलगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

 

राजापाक्षेले रक्षा सचिव हुदाँ लिबरेसन तमिल टाइगरस (लिट्टे)सँग भइरहेको झण्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेकाले उनले जित्ने संभावना बढी रहेको धेरैको भनाई छ ।

 

अर्कातर्फ ५२ बर्षीय प्रेमादास पनि हत्या गरिएका पूर्व राष्ट्रपति रानासिंघे प्रेमादासको छोरा भएकाले त्यो सहानुभूति मत मार्फत् प्रकट हुने विश्वास गरिएको छ । उनी सत्तारुढ दलका उम्मेदवार हुनुहुन्छ । रानासिंघेको सन् १९९३ मा आत्मघाती हमलामा परी मृत्यु भएको थियो ।   

 

सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी भएका छैनन् । 

 

श्रीलङ्कामा २ सय ५० जना भन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि अहिले निर्वाचन भएको हो । सो घटनाका कारण राष्ट्रपति सिरिसेनाको आलोचना भएकाले उनी अहिले उम्मेदवार नबनेको विश्लेषण गरिएको छ ।  

 

इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्का गिर्जाघर र होटलहरूमा शृङ्लाबद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो । सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ । 

 

अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ । त्यसैले उम्मेदवारहरुले अल्पसंख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माण लगायतका विषयलाई सवै उम्मेदवारहरुले उठाएका छन् । 

 

अन्तर्राष्ट्रिय विषयमा भने दुई प्रमुख प्रतिश्पर्धीले फरक फरक धार समातेका छन् । राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्ने पक्षलाई लिएको छ भने प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नु पर्ने तर्क गरेका छन् ।


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।