Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसाहित्यकार शिव सस्मितको ‘कुरैकुराको खेती’ विमोचन

साहित्यकार शिव सस्मितको ‘कुरैकुराको खेती’ विमोचन


पोखरा। साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘कुरैकुराको खेती’ एक कार्यक्रमका विच विमोचन गरिएको छ।

भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हाँस्यव्यङ्य क्षेत्रमा क्रियासिल सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुईटेलले भर्चुवल मोडमा विमोचन गरे।

प्रमुख अतिथि लुईटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्याल पछि सुस्ताए गएको भन्दै सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको टिप्पणी गरे। अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफोसल साहित्यलाई हेर्ने दृष्ट्रीकोणलाई लक्षीत गदै भने “हाम्रो साहित्यले अन्धराष्ट्रबाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै नहेरेर हामी कुनकाप्चामा भएपनि आकाश छुन सकिन्छ।” सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त कविका रुपमा चित्रित गरे।

उनले म्याथको विषयवस्तुलाई अन्तरग्रह्य तहमा अध्ययन गरेर त्यसलाई अगाडी पस्किन सक्यो भने पाठनलाई नयाँचिजहरु दिन सक्ने ठोकुवा समेत गरे।

पेशाले मावि तहका कुशल गणित शिक्षक सस्मितको ‘कुरैकुराको खेती’ पाँचौँ कृति हो। यस अघि धुमिल आकाश (शैक्षिक उपन्यास) विलोकन मुक्तक संग्रह, बहाव गजल संग्रह, र डायरीमा टाउके हाँस्यव्यङ्य निबन्ध संग्रह प्रकाशाति भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

काठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौँ । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ लोकार्पित

काठमाडौँ । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको

Techie IT