IIMS College

ISMT

HUB Education

सरस्वतीका मूर्ति बनाउन भ्याईनभ्याई

  • शनिबार, ११ माघ, २०७६
  • 4 weeks ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

इनरुवा । बिहानै सुनसरी सदरमुकाम इनरुवाका मूर्तिकार कोइ माटो मुछ्न त कोइ पराल बाध्न कोइ माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने काममा व्यस्त बनेका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती मूर्तिका अगाडि नै सबैलाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पु¥याउने । 

 

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानमा रहेका मूर्तिकार स्थानीयको सरस्वती पुजालाई सहज बनाउने उद्देश्यले माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने कार्यमा व्यस्त बनेका इनरुवा नगरपालिका–४ का मूर्तिकार मनोज मेहताले बताए । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पुजा गर्ने भएकाले मूर्तिको माग अत्याधिक बढेपछि आफुहरु माटोका कलात्मक मूर्ति बनाउन व्यस्त बनेको मूर्तिकार मेहताले बताए । 

 

विद्यार्थी प्रत्येक घरमा रहने भएकाले सरस्वती मूर्तिका लागि गाउँदेखि शहरसम्म सर्वसाधारणसहित शैक्षिक प्रतिष्ठान सञ्चालकले सरस्वती मूर्ति नै खोज्ने भएकाले अगाडिदेखि नै मूर्ति बनाउन लागिपरेको मेहताको भनाइ छ । एक मूर्ति बनाउन तीन दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उनले बताए । एउटा मूर्ति बनाउन रु ५०० देखि रु एक हजारसम्म लाग्ने गरेको र रु ५०० देखि रु १० हजारसम्ममा एउटा मूर्ति विक्री हुने गरेको मुर्तिकार विनोद मेहताले बताए । मूर्तिबाट मात्र एक याममा रु ५० देखि रु ६० हजार आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ ।


थप समाचार

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 2 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।

करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु

  • 6 minutes ago
करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र

रिसाहा मोउरिन्हो !

  • 12 minutes ago
रिसाहा मोउरिन्हो !

एजेन्सी । प्रशिक्षक जोसे मोउरिन्होको टिम टोटनहमले चेल्सीविरुद्ध राम्रो खेल खेल्न सकेन । पराजित भएसँगै टोटनहमले चौथो स्थानमा उक्लिने अवसर समेत गुमायो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।