जस्तोसुकै पारिवारिक अवस्था होस् तर सफलता हिम्मत नहार्नेको हुन्छः स्टीभ जब्स यसरी बने सफल

सन् १९९५५ मा स्टेभल पावेल जब्स (स्टीभ जब्स) को जन्म क्यालिफोर्निया भएको थियो । 

 

उनका मातापिता सिरियाका अरेवियन अम्दुलफट ज्यानदली र स्विसकी क्याथोलिक जोयनी क्यारोल हुन् । तर, क्यारोलको परिवारले नमानेपछि उनीहरुको विवाह भने हुन सकेन । 

 

स्टीभ जब्सको जन्म विवाह नभई भएको हुनाले अम्दुलफटले अनाथालयमा लगेर छाडी दिएका थिए । उनको पालनपोषर्ण पावल रेनहोल्ड र क्यालारा जब्सले गरेका थिए । 

 

अध्ययनमा रुची भएता पनि उनले धेरै पढ्न भने पाएनन् । आफुले जानेको काम मिस्त्री थियो । 

 

तर, उनले सानैदेखि स्टीभलाई रेडियो, टि.भी रिमोट आदि बनाउन सिकाउने गर्थे । स्टीभलाई प्राविधिक क्षेत्रप्रतिको मोह बढ्दै गयो ।

 

२२ वर्षको उमेरसम्म उनले एक भिडियो गेम कम्पनीमा काम गरे । तर, २१ वर्षको उमेरमा उनीलगायत स्टीभ वोज्नीक र रोनाल्ड वेनी मिलेर एप्पल इंक स्थापना सकेका थिए । 

 

एप्पल कम्पनीका सह संस्थापक, सीईओ, अध्यक्ष रहेका जब्स एप्पलका आविष्कारक पनि हुन् । आकर्षक व्यक्तित्व भएका उनले एप्पल कम्पनीबाटै आफ्नो करिअर सुरु गरेका हुन् । कम्प्युटर, स्मार्टफोन र इलेक्ट्रोनिक्स क्षेत्रमा भएको आमूल परिवर्तनको श्रेय उनलाई नै जान्छ । पिक्सार एनिमेसन स्टूडियोलाई पुनस्र्थापना गरेर प्रमुख कार्यकारी बनेका उनी सन् २००६ मा द वल्ट डिज्नीका बोर्ड अफ डाइरेक्टर पनि भए । 

 

पर्सनल कम्प्युटर, स्मार्टफोन, डिज्नी वल्र्डदेखि म्युजिक र फिल्मी क्षेत्रमा उनले आमुल परिवर्तन ल्याएका थिए । एकपछि अर्को नयाँ आविष्कार गर्दै प्राविधिक जगतमा ठूलो योगदान पु¥याएका उनी ग्राफिक्स युजर इन्टरफेसको पहिला आविष्कारक मध्येका एक हुन् । जसका कारणले गर्दा नै एप्पल लिसा (कम्प्युटर) र म्याक कम्प्युटरको आविष्कार भएको हो । अहिले संसारमा व्यापक प्रयोग गरिने लेजर राइटर (लेजर प्रिन्टर)को आविष्कारमा उनको पनि ठूलो हाते छ ।

 

१९९८ मा एप्पल कम्पनीको पदको विषयमा बोर्ड अफ डाईरेक्टरमा कुरा नमिलेकाले एप्पल कम्पनी छाडी उनले नेक्सट् (व्यावसायीक र उच्च शिक्षाका लागी प्रयोग गरिने प्राविधिक र वैज्ञानिक एप्लिकेसन भएका कम्प्युटर आविष्कार गर्ने केन्द्र) र कम्प्युटिङ प्ल्याटफर्म (ओपरेटिङ सिस्टम, सफ्टवेयर, हार्डवेयर, आर्किटेक्टरको अध्ययन र आविष्कार गर्ने ठाउँ) को स्थापना गरे । 

 

१९९६ मा एप्पलको आफ्नो पहिलेको अपरेटिङ सिस्टम (कोपाल्ड)ले काम नगरेपछि गिल एमिलियो (प्राविधिक कार्यकारी) पनि नेक्सटमा गए । स्टीभ पुनः एप्पल कम्पनीमा सल्लाहकार र अन्तरिम सीइओको रुपमा काम गर्नका लागि फर्किए । उनले एप्पललाई टाट पल्टिनबाट जोगानन् मात्रै फाइदामा ल्याउन समेत सफल भए ।

 

२०१० मा ८.५ अर्बका मालिक रहेका उनी बत्तिसौंं धनी अमेरिकी बनेका थिए । फोब्र्स (अमेरिकी म्यागजिन)ले उनलाई विश्वकै सत्रौं शक्तिशालीको सूचीमा राखेको थियो । २०११ अगस्ट मा एप्पलको सिइओ पदबाट राजिनामा दिएको २ घण्टा भित्रमा एप्पलको सेयर कारोबारमा ५ प्रतिशतले गिरावट भएको थियो भने वाल्ट डिज्नीको सेयर कारोवारमा १.५ प्रतिशतले कमि भएको थियो । 

 

२००३ मा प्यानक्रियाज (पेटनिरको एउटा ग्रन्थि)मा ट्युमर देखिएको उनमा प्यानक्रियाजको क्यान्सर नै हुन पुग्यो । २०११ मा कम्पनीबाट अवकास लिए पश्चात अस्पतालको बेडमा अक्सिजन मास्क लगाएर बस्दा पनि आईप्याड राख्ने आईप्याड होल्डरको डिजाइन इसारा गरेर बनाउन निर्देशन दिएका थिए । 

 

अवकाशको छ हप्तापछि (सन २०११ अक्टोवर ५) प्रविधिका गुरु जब्सको निधन भयो ।

 

एप्पल, म्याकिन्टोस, पिक्सार, नेक्सट, क्युव, म्याकबुक, आईफोन, आईप्याड, ट्याबलेट यी सबै स्टीभकै आविष्कारहरु हुन् । उनले गरेको हरेक काम र आविष्कारले उनलाई सम्मानित बनाएको छ । 

 

उनी प्राविधिक र म्युजिक इन्डस्ट्रिमा लिजेन्ड्रि(दिग्गज), फ्युचरिस्ट(भविष्यवादी), भिजनरी(कल्पनाशासित व्यक्ति), फादर अफ डिजिटल रिभोलुसन(आमूल परिर्वतनका पिता), डिजाइन परफेक्सनिष्ट(उत्कृष्ट)को सार्वभौम मान्यता पाएका छन् । खुलस्त सोच र अग्रसर हुने बानीले उनलाई सफल आविष्कारकमात्र होईन बुद्घिमान व्यक्तित्वका रुपमासमेत चिनायो ।

 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।