बाजुरामा पहिलो पटक आन्द्राको शल्यक्रिया सफल

बाजुरा ।  बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । 

 

डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए । 

 

उक्त अस्पतालमा डा दुर्गा महर्जन र डा टीका राई आएपछि हर्निया, हाइड्रोसिल, एपेन्डेकटोमी, पायल्स, सिएस (सिजिरियन्स सेक्सन) लगायतको शल्यक्रिया सस्तो मूल्यमा हुँदै आएको हो । हालसम्म २० भन्दा बढी शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । 

 

अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यही भएको शल्यक्रियामा सहभागी डा।राजेश बर्माले बताए । यसअघि जीर्ण भनव, साधन र स्रोतको अभावसँगै राम्रा चिकित्सक नबस्ने हुँदा जिल्लावासीले सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो तर पछिल्लो समय धेरै चिकित्सक अस्पतालमा निरन्तर बस्ने गरेकाले बिरामीले शल्यक्रियासमेत जिल्ला अस्पतालमा सुलभ खर्चमा गर्न पाइरहेका छन् । 

 

जिल्ला अस्पतालमै यस्तो जोखिम खालको सफल शल्यक्रियाले आम बाजुरेली जनतामा खुशी छाएको छ । डा दुर्गा महर्जन र डा टीका राई पिछडिएको जिल्ला भनेर चिनिने यहाँका जनताको ढुकढुकी नै बनेका छन् । 

 

डा महर्जनले यस्तो शल्यक्रिया गर्दा रु ५ लाखसम्म लाग्ने भए पनि रु पाँच हजारमै गरिदिएको बताए । 

 

उनले भने, “ पैसाभन्दा पनि बिरामीको ज्यान बचाउनु पहिलो कर्तव्य थियो त्यसैले साधन स्रोतको अभाव, यातायाताको असहज भएको ठाउँमा पनि यस्तो जटिल खालका शल्यक्रिया घरदैलोमै हुनु भनेको बाजुरेलीका लागि खुशीको कुरा भएको छ ।”  

 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 6 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 10 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 10 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।