भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा

एजेन्सी । प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोना भाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् । 

 

ह्यारोल्ड नाम दिइएको यस आँधीका कारण गत साता सोलोमन द्वीपमा २७ जनाको ज्यान गएको थियो । भानुआतुको जलवायू विज्ञान विभागले गएराति भानुआतुमा आँधीको स्तर पाँचमा पुगेको जनाएको छ । यो आँधी २३५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा रहेको छ । भानुआतुका धेरै भागमा आपतकालीन स्थितिको घोषणा गरिएको छ । 

 

आँधीका कारण सोमबार बिहान दुर्गम पूर्वी तटीय एस्पिरिटु सान्टोमा पहिरो गएको र त्यहाँबाट आँधी भानुआतुको दोस्रो ठूलो शहर लुगानभिल्लेमा प्रवेश गरेको थियो । यो शहरमा १६ हजार ५०० को बसोबास छ । यो आँधी मंगलबार राजधानी पोर्ट भिलाहुँदै उत्तरतर्फ लाग्ने अनुमान गरिएको छ । 

 

भानुआतुका अधिकारीहरुले ठाउँठाउँमा बाढी आउने तथा विशाल समुद्रमा तैरिरहेका डुंगाहरुलाई किनारामा ल्याएर राम्रोसँग राख्न अनुरोध गरेका छन् । 

 

उता, कोरोनाभाइरसका कारण भानुआतुका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै मानिसहरुलाई ठूलो समूहमा भेला नहुन आदेश जारी गरिएको छ । भानुआतु रेडक्रसका विपद संयोजक अगस्टाइन गाराले कोविड–१९ सँग जुध्नु परेको भानुआतुले फेरि आकस्मिक सामुद्रिक आँधीको विपद् खेप्नु परेको बताउनुभयो । 

 

यसअघि सन् २०१५ मा आएको पाम नामकरण गरिएको आँधीका कारण भानुआतुमा अन्तर्राष्ट्रिय सहायता परिचालन गर्नु परेको थियो । यसपटकको ह्यारोल्ड आँधीबाट प्रभावितका लागि राहत उपलब्ध गराउनु परेको खण्डमा कोरोनाभाइरस पनि सँगै भानुआतु भित्रिने आशंका स्थानीय अधिकारीमा रहेको छ । 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 15 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 28 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।