कथा प्रतियाेगितामा १ लाखकाे पुरस्कार

काठमाडौँ । वाङ्मय क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्न ‘१२ खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । 

 

आज १२ खरी बुक्सले यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता अन्र्तगत आगामी फागुन २० गतेभित्र कथा पठाई सक्नुपर्ने जानकारी दिएको छ । 

 

कथा साहित्यको एउटा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनको गति केही सुस्ताएको महसुस गर्न थालिएकाले कथा लेखनमा नवप्रतिभाको प्रवेश गर्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागिएको बाह्रखरीका कला तथा साहित्य सम्पादक लेनिन बन्जाडेले जानकारी दिए । 

 

‘उत्कृष्ट कथा’को लोकार्पण गरिने र छानिएका कथाको इ–बुक प्रकाशित गरिनेछ । कथा कम्तीमा १५०० देखि बढीमा ४००० शब्दको हुनुपर्नेछ । 

 

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः रु. एक लाख, ६० हजार र ४० हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ वटा कथाको पुस्तक प्रकाशित गरिने विज्ञप्तिमा छ । 

 

त्यस्तै, सङ्ग्रहमा प्रकाशित हुने सबै (प्रथम, द्वितीय र तृतीयबाहेक) कथाकारलाई जनही रु. पाँच हजार पारिश्रमिक प्रदान गरिनेछ ।


थप समाचार

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 3 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 7 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

  • 8 minutes ago
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरी परिसर, टेकुले ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई पक्राउ गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।