IIMS College

ISMT

HUB Education

कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कथाकार देवकुमारी थापाका छानिएका २१ नेपाली कथालाई अङ्ग्रेजीमा अनुवाद गरी सार्वजनिक गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बबरसिंह थापा सेवा गुठी विराटनगरले उनका कथा अनुवाद गरेको हो ।

 

गुठीले मंगलबार आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा विसं २०४६ अघि कथाकार थापाको ‘भविष्य निर्माण’ कथा माध्यमिक तहको पाठ्यक्रम एवं पुस्तकमा समावेश गरी पछि हटाइएकामा साहित्यकारले आपत्ति जनाएका थिए । 

 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ माया ठकुरीले नेपाली साहित्यलाई विश्वका कुना–कुनामा चिनाउन अङ्ग्रेजी भाषामा अनुदित कृतिले सहयोग गर्ने बताए । सन्देशमूलक एवं गुणस्तरीय कृति अनुवाद गर्ने क्रम बढाइनुपर्ने उनको भनाइ थियो । 

 

त्रिभुवन विश्वविद्यालयका प्रा लीला लुइँटेलले कथाकार थापाको विसं २००५ मा प्रकाशित ‘भविष्य निर्माण’ कथालाई नेपाल प्रज्ञा प्रतिष्ठानले विसं २००३ भनी लेखेर सार्वजनिक गरेकामा आपत्ति जनाए । अरु साहित्यकारको पनि कृति, नाम, लिङ्गको तथ्य गलत राखेर प्रतिष्ठानले पाठकलाई पनि अन्याय गरेको उनको भनाइ थियो ।

 

कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यकार प्रमोद प्रधान, कृतिका अनुवादक महेश पौडेल, गुठीका कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य दीनेश श्रेष्ठ लगायतले कथाकार स्वर्गीय थापाले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानका बारेमा चर्चा गरेका थिए । 

 

पुस्तकमा थापाका छानिएका २१ कथा अनुवाद गरिएको छ । कृतिको मूल्य रु २५० छ । कथाकार थापाको विसं २०६८ मा निधन भएपछि २०६९ सालदेखि गुठीले देवकुमारी स्मृति सम्मान वितरण शुरु गरेको सो अवसरमा जानकारी गराइएको थियो । गुठीले यसअघिदेखि नै बबरसिंह स्मृति सम्मान वितरण गदैँ आएको थियो । दुवै सम्मानको राशि रु ५१ हजारसहित सम्मानपत्र र दोसल्ला दिने गरिएको जनाइएको छ ।


थप समाचार

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 34 minutes ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 42 minutes ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 49 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।