IIMS College

ISMT

HUB Education

धेरै जनाको कथा यस्तै हुन्छ, दाइ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

“अहँ । टिचिङ्ग गर्न त झन् सक्दै­सक्दिन म, भाइ,” बम्जन दाइले टायरको हावा चेक गर्दै भने।

 

मैले सोधेको थिएँ, “दाइ, अरु पनि तपाईंजस्तै मान्छे जन्माउनु प¥यो नि त । नेपाली भाइहरुलाई सिकाउने गर्नुहुन्छ ?”

 

“इक्स्पिरियन्स छ भने मात्र राख्छु।”

 

“सबैले इक्स्पिरियन्स भएको मात्र खोज्ने हो भने त कहिले चान्स पाउने त दाइ ?”

 

“मेरो त सानो वर्कसप हो। अब एक जनालाई सिकाउँदा गाडीको लाइन लाग्छ, अनि के गर्ने ? भनन । अहँ । टिचिङ्ग गर्न त झन् सक्दै­सक्दिन म, भाइ। नोवे ।”

 

पढाउने मामिलामा भने मलाई स्पष्टसँग ‘आउँदैन’ भनेर भनेको मन पर्छ । कति यस्ता टिचरहरु देखेको छु, जसका लागि पढाउनु भनेको पेशा मात्र हुन्छ, त्यो पनि कसैले लगाइदिएर । अनि त्यो पेशाको जिम्मेवारी भने कत्ति पनि बोध नहुने।

 

“बरु ज्याला–मज्दुरी गर्छु, पढाउने काम त म गर्न सक्दिन “ भनेर भन्ने धेरै साथी भेट्छु ।

 

कतै भने “एपीआइएल” एप्पल भनेर पढाउनेहरु पनि छन् ।

 

बम्जन दाइ खुब फरासिला लाग्यो मलाई । उनले रमाइला गफ गर्दै आफ्नो काम खुरुखुरु गरिरहे । 

 

“मेरोमा भेटिन्छ अनेक अनेक खालका मान्छेहरु । कोही आउ“छ, ‘दाइ यस्तो भयो’ भन्छ, कोही ‘दाइ उस्तो भयो भन्छ’ । 

 

अरु त सबै ठीकै हो, बूढाबूढी झगडा गरेको कुरा समेत आएर मलाई सुनाउ“छन्”, उनले भने ।  

 

“किन दाइ, तपाईंको घरको आफ्नै कथाले त्यस्तो सुन्न मन लाग्दैन कि क्या हो ?” भनेर सोध्न मन लागेर पनि सोधिन् ।

 

त्यही बेलुका हरि भाइहरुकहा“ मोःमो पार्टीमा त झन् रमाइला रमाइला कुरा सुन्न पाइयो । सबै जोडी जोडी थिए । आफ्नी  श्रीमतीलाई गाडी सिकाउ“दाको कथा सुनाउ“दै थिए । 

 

त्यसै गरी बुढीहरु चाहि“ “बरु तपाईं छेउमा नबस्ने हो भने राम्रो चलाउ“छु, तपाईं छेउमा हुने हो भने त त्यसै पनि डराउन दिनु हुन्छ” भन्दै थिए ।

 

“अनि स्पिड लिमिटभन्दा बढी भएपछि नभन्ने ?” एउटा साथीले आफ्नी श्रीमतीको कमेन्ट आफैँलाई हो भन्ने बुझेपछि आफ्नी श्रीमतीलाई सोधे ।

 

“मेरो बूढाले पनि मैले शुरुशुरुमा सिक्दा त खाली गाडी अलिकति स्पिड ग¥यो कि, डराएर यसो गर्, उसो गर् भनेरै हैरान पार्ने गर्नु हुन्थ्यो ।

 

अनि फेरि ग्रीनलाइट ड्राइभिङको दाइस“ग फेरि क्लास लिए“ । त्यो दाइले बरु मज्जाले सिकाइदिनु भयो, अनि अहिले त आफैँ चलाउ“छु ।”

बूढाहरुले सिकाउन त नसकिने नै होला । 

 

हरि भाइ अलि टाठा भएर बस्दै भने, केहि कथा भन्न थालेको जस्तो गरी ।

 

“अस्ति के भयो सुन्नु न ।”

 

“के भयो ?”

 

“एक जनाले बूढीलाई गाडीमा हात बसाल्न भनेर लिएर एम्फोर्मा गएका रे, बूढी त रिसाएर गाडी साइडमा लगाएर हिँड्दिई रे ! फोन, पर्स सबै छोडेर, फोन गर्छ त फोन त गाडी भित्रै बजेको रे के !”

 

सबै फेरि गलल्ल हा“से । कतिले त आफ्नै घटना सम्झिए होलान् ।

 

“तिमीले नै भनेको होइन ?” अरुण दाइले हरि भाइलाई सोधे ।

 

“के दाइ ?”

 

“टनेलमा गाडी छोडेर हिँड्यो को हो भनेर ?”

 

“ए, अ“ त । यो त झन् बिर्सेको”, हरि भाइ जोस्सिए अर्को कथा सुनाउन ।

 

“टनेलबाट गैरहेको रे होइन ?” मोःमो खा“दै उनले भने, “बूढाबूढीको कुरैकुरामा झगडा भएछ ।” 

 

उनले बूढाबूढी भन्दा चाहि“ मुखमा मोःमो भएकोले स्पष्ट सुनिएको थिएन । तर, अघिदेखि नै बूढाबूढीको कुरा भइरहेका कारण मैले अनुमान लगाए“ ।

 

“अनि सोल्टी त बूढी र गाडी टनेलमै छोडेर चल्दिएछ ।”

 

“कस्तो ? कहिले बूढीको पालो, कहिले बूढोको पालो त ?” मैले बीचैमा सोधे“ ।

 

“यो त अर्कै कपल हो, धेरैजनाको कथा यस्तै हुन्छ, दाइ”, उनीहरुले भने ।

 

सबै फेरि हा“से । 

 

“तर आवेगमा, त्यो माथि गाडीमा भएको बेलामा दुर्घटना भयो भने त बर्बाद पो हुन्छ त !”

 

“त्यो त हो नि”, एउटी बहिनीले भनिन् ।

 

“त्यही भएर त मलाई गाडी चलाएको बेला कचकच नगर भन्छु नि म”, उनका श्रीमान्ले भने ।

 

“त्यही भएर त मैले पनि गाडी मैले चलाउ“दा तपाईं नकराउनु भन्छु नि !” जवाफ आयो, तुरुन्तै ।

 

“तर बूढीले गाडी सिक्ने हो भने चाहि“ एउटा फाइदा छ”, एउटा साथीले भनेका मात्र के थिए, उनकी श्रीमतीले जवाफ दिइहालिन् ।

 

“पार्टीमा ड्राइभ गर्ने टेन्सन नलिई ड्रीङ्क गर्न पाइन्छ भन्न खोजेको त होला नि !”

 

सबै जना हा“से ।

 

“मैले ड्राइविङ जान्दाको अरु फाइदाहरु चाहि“ के नि ?”

 

“धेरै छ नि, मेरी रानी ।”

 

उनले त्यतिमै कुरा सकाउन खोजे । 

 

अनि मोःमोको सेकण्ड राउण्डतिर लागे सबै ।

 

 


थप समाचार

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 4 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार

अभिनेता अक्षय कुमार अब म्युजिक भिडियोमा पनि

  • 6 minutes ago
अभिनेता अक्षय कुमार अब म्युजिक भिडियोमा पनि

काठमाडौं । बलिउडका मास्टर खेलाडी अक्षय कुमारलाई सबै भन्दा धेरै हार्ड वर्क गर्ने स्टार्सको रुपमा चिनिन्छन् । हरेक वर्ष उनले चार÷पाँच वटा फिल्महरु दर्शकमाझ रिलिज गर्दै आएका छन् । यसका साथै उनी विज्ञापनह

नर्सको परीक्षामा १५० वटा प्रश्न सोधिने

  • 8 minutes ago
नर्सको परीक्षामा १५० वटा प्रश्न सोधिने

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी