एकादेशको एउटा कथा...

एकादेशमा कुनै समय राजा थिए । देश, प्रजा, मन्त्री सवै थिए । धोती बेरेर जति लामो टुपी पालेको छ, उ उति नै ज्ञानी र दार्शनिक मानिन्थे । उनले बोलेको देववाणी हुन्थ्यो । यीनैको मार्गदर्शनमा मानिसहरु भनिरहन्थे, ‘यो देश विष्णु भगवानको अवतारले राज्य गरेको देश हो ।’ देशको जनसंख्या भन्दा कैयौं गुणा बढी तेत्तिस करोड देवता नै देवताले बास गरेको बडा बडा ज्ञानी र बुद्धिमानीहरुले घेरिएका आफैं स्वयम् भगवानका अवतारी राजा कहिले शक्तिशाली बने । कहिले खोपीको देवता बने । कहिले जोगी र धेरैजसो भोगी भए । गर्दा गर्दा पछिल्लो पुस्ताका राजा उनैहरुले भगवानको अवतारीबाट सद्दे मानिस बनाए ।

 

राजालाई शीरमा राखेर राज्यमा शासन गर्ने मन्त्रीहरु इतिहासमा बग्रेल्ती ठूला–ठूला अक्षरमा लेखिएका पाइन्थे । उनीहरुले त्यो देशको मान्छेहरुको लागि भन्दा आप्mनाका लागि भनेसम्म गरेका नै थिए । तर भए पनि असन्तुष्ट सन्तानहरुले कहिल्यै पुकार्दैन थिए, मात्र धिकार्थे ।

 

राजाको नजिक बसेर राजालाई आदर्श र दर्शन सिकाउने दार्शनिक र सुकर्मको मार्गदर्शक सवैभन्दा धेरै श्री पाउने धर्मभीरु गुरुहरुको पनि इतिहासमा उनको नाम र कर्म देखिएको र लेखिएको थियो । तिनीहरुकै मार्गर्दशन र तिनैले बनाएको गोहोमा त्यो एकादेश चलिआएको थियो । तिनीहरुको मार्गदर्शनको मुख्य लक्ष भनेको खोलोपहिरो, भेलबाढी र भूकम्पले बनाएको खण्डहर र हजारौ वर्ष पिसिएका गरीबहरुको अवस्था देखाउदै ठूला र धनिहरुसित जोरहात थापेर माग्नु थियो । अनि मागेको हातलागेपछि सानु र निर्वलीयालाई सकिन्ज्येल ठग्नु, समयानुसारका विविध ढाँचाबाट जस्ताका तस्तै रहने शिक्षा दिनु, नारीलाई माथि उठ्न नदिनु र जातभातको कृत्रिम विभेदीकरणलाई व्यापकसितले वेद र शास्त्रको आधारमा मान्यता स्थापित गर्नु थियो ।

 

छिमेक पनि एकादेशले पाउनु नै पाएको थियो । उसको दाइने आँखो फिरीसित साढे तीन शताब्दी भिड्दा हो, टेढो भएको । देब्रे आँखाले छेमेकीहरुलाई कहिले राम्ररी देख्न सक्दैन थियो । प्राकृतिक नै भन्नु प¥यो, देव्रे आँखोकोे मस्तिष्कसितको सम्बन्ध सधैं स्वभावैले अलिक ढिला हुन्छ । देव्रे आँखोले असर पु¥याएको मस्तिष्कको कारण उस्लाई छिमेकीहरु शान्तिले बसेमा आफू अशान्ति हुने मनोदशाको व्यथाले उ ग्रसित थियो । छिमेकी, त्यो एकादेशको उत्तरतिर बिकास भयो भने अग्ला गगनचुम्बी पहाड र हिमाल सवैमा पहिरो जाला र हिमाल पल्लापटि बारिएका छेकिएका पोखरीका पानी, गिटी र बालुवा सवै खनिएलान र पुर्ला भन्ने आफ्नै मनको बाघसितको त्राही हुन्थ्यो उसलाई । त्यसैले उत्तरको कुरो गरेको सुन्यो कि अनि बांगिन थालिहाल्थ्यो ।

 

त्यसो त छिमेकबाट नै अवतारी राजाका साथ लागेर आएका पितापुर्खाहरुको सन्ततिहरुले नै त्यो एकादेशको डाडुपन्यूँ पनि समाएका थिए । उनीहरुले राम्ररी कुरा बुझेका मात्र थिएनन् । छिमेकलाई त्रासबाट मुक्त गर्न कसरी हुन्छ, सहयोगका लागि आवश्यक रकम समेत गोजीखर्च गर्न लिएर एकादेशको उत्तरतिर जस्ताको तस्तै राखेका थिए । पछिपछि त्यहाँकाहरु अलि कुरा बुझ्लान जस्तो भएपछि चाहिँ पर्यटक (टुरिष्ट) नआउने भयो, शिक्षादिक्षातिर भन्दा संस्कृतिमा लाग्नु पर्छ । संस्कृति जानेबुझे र गरेमा बिकास हुन्छ भन्ने ठूलो विश्वास दिलाएका थिए ।

 

त्यतिबेला संस्कृतिको सही अर्थ जे भए ता पनि पुरानो कुरा पुरानो नै भएर गरेर देखाउदा सवैले मन पराउछन । विदेशीले पैसा खन्याउछन । खानलाउन पाइन्छ । आप्mनो पहिचान हुन्छ । भूँईमान्छेबाट अवतारी मान्छे भइन्छ भन्ने अर्थ लगाइदिएका थिए । देशका लागि भनेर राजनीति शिक्षादिक्षा सवैमा संस्कृतिलाई नै विशेष जोड दिइएको थियो । त्यसैले सवै रैथाने जनताहरु तीनसय वर्ष पछाडिदेखिको धर्मकर्म, रीतिथिति, लुवाइ खुवाई, नाचगान र रहनसहनमा रहनु संस्कृति भएको र संस्कृति नै सवथोक हो भन्नेमा जुटेका थिए । नाचगान र खानपानमा विशेष उनिहरुको रुचि थियो ।

 

अलि अलि भूँईचालो र बाढीपहिरोले बिगारेको बाहेक एकादेशको भौगोलिक हो जस्ताको तस्तै रहेको । सिमाना रेखाको आकारमा भने फिरीको बक्सिस उपहारदेखि लिएर चोरी, हेलचेक्य्राईं, बलमिचाहा र हेपाहा प्रवृत्तिले बिशालबाट खुम्चने काम भने भई नै रहन्थ्यो । लाखौ सेना, सशस्त्र प्रहरी साथै नापजाँचमा उत्तिकै सीपालुहरु जनताले कर तिरेको पैसाले सधै पालिएर बलिया भएर बसेका हुन्थे ।

 

सरकार धेरै दयालु भएकाले यिनलाई दुःख होला, जे भा पनि ठूला दाइ हुन्, दाइभाइ फाटे गवार लुटे हुन्छ, आखिर सिमाना वरपर जहाँ सरे पनि आप्mनैकामा नै पर्ने, बाहिर जाने कुरो थिएन भन्नेमा सरकार सजग भएकाले देखे पनि नदेखे जस्तो गर्थे । जनता केही दिनलाई उफन्र्थे र थाकेपछि आफै थचारिन्थे । मौसम भने विश्व गर्मीको कारण उल्टो भएर बदलिएको थियो । तर पनि कृषिप्रधान देश भएकाले खेतिपातीमा भने विकासमा तलमाथि होला भन्ने औडाहाले पुरानो काइदा छाडेका थिएन्न । त्यसैले पहिला अन्नपात बेसम्मार भएर देशबाट बाहिर पठाउन कस्तो गाह्रो हुन्थ्यो । पछि बाहिरबाट भित्र्याउनु पनेर्् भएकोले धेरै विकास भएको सरकार भनिरहन्थ्यो र कृषक जनताहरुले किनीखान नसकेता पनि हाटबजारमा अन्य देशमा फलेका फलफूल र रासनपानीहरु देखेकाले पत्याएका थिए ।

 

जनता चार खाले थिए । वेदका ठेली काखीमा च्यापेर खेदुवालागेको राजासित उत्तर हानिएका उत्तरपन्थक, ढ्यांग्रो ठटाउदै वायुपिशाचको घोडा चडेर उत्तरपश्चिमबाट दक्षिणतिर मतको लतमा झरेका र चौरी र भेडाको पछि लागेर चरनको लागि न्यानो खर्क खोेज्दै उत्तरबाट दक्षिण हान्निएका दक्षिणपन्थक, उत्तरपूर्वबाट खेदुवा लागि धुनकाण भिरेर पश्चिम हान्निएको पश्चिमपन्थक र त्यहीको जमिन फुटेर उत्पति भएको हँु भनेर कसैले भनेको नसुन्ने आफैमात्र जान्ने र ठूलो हँु भन्ने भूँईफुटुवा । दक्षिणपन्थकहरुमध्येका केही उत्तरपन्थकै हौ भनि ठोकुवा गर्दै तीन हातमाथि खुट्टो उफार्थे । अलिअलि अनुहार मिलेकाले उनीहरुलाई उत्तरपन्थकहरुले खाँचो परेको बेला अरौटेभरौटे कामका लागि लठौरालाई झै खुवै सर्काउथे । त्यसैले लामो समयकालदेखि नै अलिअलि सरकारी स्वाद पनि लिदै आएका थिए ।

 

यी उत्तरपन्थक बाहेककाहरुलाई पहिला सुक्र्याइ फुक्र्याइ गरेर प्रजा भनिन्थ्यो । पछि अलिक समयले हो क्यार जनतासम्म चाहिँ भनिन्थ्ये । तर नागरिक चाहिँ पटक्कै भनिनै मागेनन् । ती जनताहरु चाहि गाईप्राणी थिए । उत्तरपन्थक भनेका सवै सरकारी । गाउँ गाउँ फेरी लगाउने सरकारलाई तिलिंगा मानिन्थ्यो । पछिपछि काम नफेरिए पनि नाम फेरिदैँ गयो । सरकार कोर्ला लिएर आए भने जनताहरु भाग्दैनथे । घोप्टो परेर पहिला नै पिठ्यूँ थापेर चुप लागेर बस्थे । यिनीहरुबाट उत्पति भएका युवाहरु उस्तै सन्तोषी थिए । उत्तरपन्थकहरुका युवा जस्तोे हामीलाई छुट्टै पाठशाला बनाइ दिनु, वेदधर्मशास्त्र पढाउनु, जागिर दिनु र खानलाउन दिनु पर्छ । काममा नलगाउनु, लगाए पाप हुन्छ र मरेपछि नर्कमा जाउला भन्दै सरकारलाई कराउदैन थिए । साह्रै बुझकी । त्यसो भएकाले नै त्यो देशका सरकारमा पुगेका राजनेताहरुलाई आफन्त र आफुले भनेको सुन्ने र धेरै माया गरेकाहरुलाई फकाई फुल्याई गर्न करै लाग्थ्यो ।

 

उनीहरुलाई जनताको नाममा ठाउँठाउँमा नराखी धरै थिएन । यसरी जनताका काममा खटिएकाहरुलाई हेरविचार पुर्याउन सानोतिनो खटिरो पिलो आएमा समेत अस्पताल बनाउने वा कारखाना नै बनाउन सकिने पैसाले भएपनि विदेश गई उपचार गर्न खर्च प्रसस्त पुर्याएका थिए । देशमा मन्त्रीहरु र राजा पनि आफ्नै देशमा अस्पताल बनाए रोग र बिरामीहरु बढ्लान भन्ने खातिरले त्यसरी बनाउन सकिने पैसाले विदेश गएर उपचार गर्थे र मरे भने विदेशकै जहाजले स्वदेशमा ल्याइ माग्थे ।

 

स्वस्थ्य उपचार र औषधीमुलोमा जनता त्यति दिग्दारी गर्दैन थिए । धामीजंैसी एक से एक गाउँ, सहर वस्तिभरी थिए । त्यतातिर खटिएका वैद्य, डाक्टर, प्रहरी र त्यहाँका चुनिएका र कुरा बिक्ने ठूलादेखि नेताहरु सबैले धामीजंैसी नै लगाउथे र भुतप्रेत र बोक्सीजस्ता रोगव्यथाको उन्मूलनमा सबै एक भएका थिए । सर सफाइमा छौपडी, पानी अचल जस्ता नियम र अनुशासनमा ज्यादै ध्यान पुर्याईएको थियो । कहींकतै हैजा फैलिए बालकन्याहरुबाट भएको रजस्वलाबाट अनुसन्धान गरी रोग निदानको किटान गरिन्थ्यो । उत्तरपन्थकहरुका घरघरमा गाईको गोबरले पोतिन्थ्यो र बाख्राका पाठाहरु घरभित्र पस्न पाउथे । तर उनीहरुले किटान गरेको एकखाले जनताले गोबरले लिपेको घरमा पस्न पाउदैन थिए । त्यही नै त्यहाँको धर्मको विशेषता थियो ।

 

विचित्रको देश थियो । धेरै परको कुरो हो । अब त ती कथाहरु दुनियाँले पत्याउदैन । त्यो देशमा जति तोते र अष्पष्ट बोल्यो त्यो त्यति धेरै देशको प्रधान हुन्थ्यो । छिमेकी देश विश्वमा एक नम्बर हुन लाग्दा यसै देशको प्रधानमन्त्री थिए । देशमा पाँच छ खेप प्रधानमन्त्री भएर मर्ने बेलामा विदेशमा उपचार गर्न गएर विदेशमा नै मरे । अनि विदेशी जहाजले स्वदेशमा उनको शव ल्यायो । स्वदेशको सवै भन्दा पवित्र र प्रसिद्ध नदीको किनारमा उन्को अन्तिम संस्कार गरियो । जनताहरु भावविह्वल भएर रोए । पत्रपत्रिकाले मरिन्जेल कथिकथि तिनीहरुको जीवनी छपाए । सवै जनताको आदर्श बनाए । देशका सरकारमा पुग्ने ठूला राजनीतिज्ञ, कर्मचारी, दार्शनिक, वैज्ञानिक, धर्मगुरु जस्ता व्यक्तित्वहरुकोे अन्तिम संस्कार गर्ने ठाउँ भएकाले त्यसलाई घाटहरु मध्ये विशिष्ट दर्जाको आर्यघाट भनिन्थ्यो ।

 

त्यो आर्यघाट एकादेशको छिमेकी देशबाट झिकाइएको साक्षात, विशुद्ध र सवै भन्दा लामो टुप्पी पाल्न सक्ने ज्ञानी परआत्माले नित्य पूजापाठ गरिने कहलिएको धार्मिकस्थलमा स्थापित मन्दिरको छेउमा बहने नदीको किनारमा अवस्थित थियो । नदी सफा कलकल बग्ने शान्त र शीतलता प्रदान गर्ने र सुगन्धले भरिपूर्ण थियो । यो देशका ठूला ठूला नेता ठूला ठूला धर्मगुुरुहरु र ठूला ठूला दार्शनिक मार्गदर्शक र संसारको ठूलाबडासित भेट गरेका र देश घुमेकाहरु मरे भने यही नै उनीहरुको अन्तिम संस्कार गरिन्थ्यो । यही पवित्र नदीमा उनीहरुको भौतिक शरीरबाट परिणत भएको खरानी बगाइन्थ्यो । विदेशीहरु यो आर्यघाटको छेउमा बसेर तस्वीर लिन्थे । एकादेशको यो स्वर्गीय, सुन्दर र आकर्षित मनमोहक आर्यघाट देखेर मोहित भई भावविह्वल हुन्थे । आ–आफना देश फर्कन चाहदैन थिए । फर्किहालेमा अन्य देशहरुको यस्ता ठाउँको दुर्दशादेखि त्यहाँको दुनियाँसित बिरक्तिएर नांगाबाबा भै पछि फर्किएर त्यहाँ आईबस्थे । प्रेमवियोगमा भावविह्वल भएका परीहरु कहिलेकाहीं आफूलाई सम्हाल्न नसक्दा यही आई भांगधतुरोको सेवन गरेपछि यिनै नागाबाबाहरुको सरणमा पुगि रसलीलामा मग्न हुदै सुखानन्द ग्रहण गर्थे र आफूलाई सम्हाल्थे ।

 

यो एकादेशमा ठूला ठूला साधु महन्त मात्र थिएनन्, गरिखानेको नाममा मागि खान सिकाउने विद्वान ठूला ठूला राजनेताहरु थिए । यिनिहरु आफैं गरिखानेलाई भूँईमान्छे भन्थे र उनीहरु चाहिँ आफैंलाई अवतारी विष्णु भगवानको खुट्टोको बूढी आंैठोबाट उत्पति भएका सवैले सुनिदिनु मानिदिनु पर्ने ठान्थे । उनीहरु मागिखान मात्र सिपालु थिएन्न । सरकारी बाहेक नीजिशक्ति संचयका लागि बलिया जे गर्न पनि पछि नपर्नेहरु छानीछानी राम्रा आम्दानी हुने पेशामा लगाएका थिए । धनवान पनि हुइने बलवान पनि हुइने । जनताको नाममा जे जति रकम हुन्छ त्यो आप्mना निजिखातामा जम्मा गरेपछि जनताको नाममा सरकारी कामकाजका निम्ति उनीहरु बस्ने, भेला हुने ठाउँ र चढ्ने बस सवै मागेरै काम चलाएका थिए । मर्मत गर्न पनि अरुलाई नै मागि हाल्थे । माग्न साह्रै सीपालु । यस्ता काममा अझ निक्खार ल्याउन तालिम लिनका लागि देशप्रदेशबाट झिकाइएका चतुरे भिकारीहरु उनीहरुले नसिकाएर उनीहरुले सिकेर जान्थे । त्यतिका सीपालु । शक्तिमा रहिन्ज्याल जनताको काममा भन्दा यस्तै सीप कसरी बिकास गर्ने भन्नेमा आठै प्रहर आप्mना ध्यान केन्द्रित राख्थे ।

 

यस्ता सीपालुहरुको त्यो एकादेश स्वर्गभूमि थियो । बकबेदान्तकारीहरुलाई महापुरुष मानिन्थ्यो । पढालेखा हुँ भन्नेहरु सवै जता मल्खु उतै ढल्कु गर्थे । त्यो उनीहरुले पूर्खौैैैपूर्खा र घरैबाट अनि पाठशाला त्यसपछि राजनीतिमा सिकेका हुन्थे । आफै गरी खानेलाई किसान भनिन्थ्यो । उन्का शरीरमा नयाँ लुगा लगाएको, राम्रो खाएको, रेडियो सुनेर बसेको, जस्ता कामहरु निको मानिदैन थियो । अझ देशमा आवश्यक पर्ने औजार बनाउने, सभ्य, सक्षम र सुशील देखिन लगाउने लुगा सिलाउने, जीवन उभ्याउने खुटटोलाई सधै सुरक्षित राख्न जुत्ता सिलाउने जस्ता उद्यमी जनताहरुलाई पानि अचल बनाइएको थियो । उनीहरुले सिलाएको लुगा लगाएर, बनाएको भाडोमा खानापिना र पिउने पानि बोकेर, सिलाएको जुत्तामाथि उभिदै जुंगामा ताउ लगाउने विद्वत्तमहरुको दिमागले उठाएको अत्यन्त्यै उत्पादनशील देश थियो । यिनीहरुको हातको पानी मात्रै चल्दैन थियो । मिठो मिठो सवै चल्थ्यो । काम जुनै पनि चल्थ्यो । शरिर पनि चल्थ्यो । यिनीहरुको सन्तानलाई भने इमान्दारीको शिक्षा दिइन्थ्यो ।

 

त्यो देशमा बिकास जमिनमा मात्र होईन, मुख र कागजमा पनि हुन्थ्यो । जमिनमा धेरै जसो दक्षिणतिर हुन्थ्यो । उत्तरतिर थोरै कागजमा र बढी जमिनमा धेरै हुदैन्थ्यो । विकास भन्ने शब्द निमिट्यान्न होला भनि ज्यादै ध्यान पुर्याएका थिये । जमिनमा भएको खपाउ हुदैनथ्यो । जमिनमा नभएको तर कागजमा खपाउ पाराले बिसाल स्कुल कलेज खोलिन्थे । खोलो नै विना पुल बनाएको हुन्थ्यो । पानी विनाको पोखरी खनिन्थ्यो । बाटाघाटाका लागि भनि जनताको जग्गा अधिकारण गरी उभ्रिएको जग्गा खेरजाला भनि आप्mनै नाममा या आफन्तहरुले गरी खाउन भनि पहिलाबाटै बुद्धि पुर्याएरै काम भएको हुन्थ्यो । यो विचित्रको देशमा त्यस्ता कागजपत्रमा भएको खपाउ वा टिकाउ काममाथि विश्वस नहोला भनि ठूलाठूला सरकारी सिन्दूर लगाएका हाकिम र सम्बन्धित प्राविधिकदेखि मन्त्रीहरु समेतले दस्तखत गरेका हुन्थे ।

 

यो देशमा अन्यहरुकै जस्तो नै थियो । व्यवस्थापिका थियो, कार्यपालिका थियो र थियो न्यापलिका पनि । शक्ति पृथकिकरणको सिद्धान्त उत्तिकै मान्य । त्यसै भएकाले तीनै शक्तिको मिलेमतोमा एउटैले पनि कहिले काहि काम चलाउथे । कार्यपालिकामा जनताको सेवा गर्ने मन्त्री अनि कर्मचारी हन्थे । मन्त्रीले कर्मचारीको सल्लाहमा काम गर्थे । जनताको भोट मागेर आएका उनीहरुसित खासै कुनै योजना नै हुदैन्थ्यो । पाटिले लेखेको चुनावी घोषणापत्र चुनाव सकेपछि पाटिले नै राख्थ्यो । कर्मचारीहरु देशको भन्दा र भन्नेसित नै धेरै रमाइलो गर्थे । यो र भन्ने जनताले थाहा पाउदैन थिए । ती जनताहरु उनीहरुलाई थाहा नभएको कुरामा त्यति चासो पनि राख्दैन थिए । आप्mनो मन्त्री शारीरिक रुपमा मोटाएको छ या जस्ताको तस्तै छ । त्यो भने ख्याल राख्थे । मोटाएको भए मन्त्री रहेछन भन्थे । नमोटाएकोलाई निकम्मा ठानी त्यति हिसावखातामा राख्दैन्न थिए । अलिक पढेका जान्ने बुझनेहरु खावे र सम्म सिकेकाहरु जनताका आवाज बोल्ने हौ भन्दै पत्रकार बनिएर आप्mना दुनोमा दया फाल्ने नेताको कुराहरु प्रचार गर्थे । पछि पछि पढ्ने, लेख्ने र सिक्ने तरिका नै अदली बदली भएपछि त खाबे र नभनेर रथ र भन्न थाल्थे । त्यसैले रथका सट्टामा कार कुदाउन थालेपछि कसैले खावे र रथसथको ख्याल गर्दैनथे ।

 

न्यायलयमा कानून पढेर र कानूनको व्याख्या गर्नेहरुले खासै त्यति धेरै पढ्नै पर्दैनथ्यो । मात्रा सम्म चिनेको, काइते अक्षर लेख्न सक्ने र नातामा र सम्बन्ध गास्नेमा काइदा पुर्याए त्यो स्थान वा पदवी पाइ नै हाल्थे । प्रमाण पुर्याउने कागज ठूलाहरुको लागि जहाँ जसरी पनि बनि हाल्थ्यो । सानाले बनाए कानूनको विपरित भै दण्डसजाय भोग्नु परथ्यो । त्यसो भएकाले त्यो देशमा कानून सानालाई मात्र लाग्थ्यो । त्यसैले सानालाई र निमुखालाई कानून अनुसार कार्वाही गर्न धेरै पढेको चाहिदैन थियो । दण्ड जरिवानामा हिसाव राम्रो राख्ने र प्रमाण पत्र भएको भए हुन्थ्यो । प्रसाशन चलाउन पनि अलिक बलियो र ठोक भन्दा ठोक्न सक्ने भए काम चल्थो । भनेको सुन्ने र कमाएकोलाई भागभण्डा लगाउन सक्ने योग्यतालाइ विषेश ग्रह्यताका साथ माथिल्लो पद दिइन्थ्यो ।

त्यो देशको जनता नागरिक हुन नचाहने साहै इमान्दार गाई प्राणी । सरकारले केही गर्न नपर्ने । यिनले भोट चाहि हालि दिनु पर्ने । त्यसो हुदा सरकारले हामी जनताबाट रोजिएका हौ भन्ने ठोकुवा गरी जे गर्न पनि पाउथे । तिनै भोट हाल्ने जनताहरुलाई विदेशमा बेच्न पनि पाउथे । बेचिसकेपछि बेचिएकाले कमाएर ल्याएको यिन्लाई नै अलि दिनै पर्ने बन्दोबस्त नै विकास भन्नेको अर्थ त्यहाँ हुन्थ्यो ।

 

यो विचित्रको देशमा शदियौ देखिका यी उत्तरपन्थकहरुको राज चलिआएको थियो । उनीहरुकोमा भएको एउटा पुरानो बानी र कला त्यो अझ बिचित्र कै थियो । आप्mना जनताहरुको पितपूर्खालाई विदेश पठाएर उन्का सन्ततिहरुलाई आप्mना देशमा सणरार्थी बनाएका थिए । तब तिनैको नाममा दशकौ विदेशसित हात थापेर ख्वाउथे र खान्थे । अलिक हद भै लोकलाज होला कि भनेपछि विदेशतिरै पठाउथे । अमेरीका यरोपतिर जान पाएकोमा तिनीहरु पनि खुसि भएका थिए ।

 

पछिल्लो पटक एकादेशबाट उमेरमा बल हुइन्जेल अर्काका घरआँगन, स्वार्थ र प्रभुत्वका लागि मर्न, रुन र सिहार्न पठाइएकाहरु काम नगाल्ने घाँडो भएपछि एकादेशमा नै फर्काइएकाहरुले पनि अब बूढा भयौ । यो जन्मभूमि मात्र भयो । कर्मभूमि विदेश भयो । अव समय बदली भयो, हामीलाई पनि उतै कर्मभूमिमा नै जान दिनु पर्छ भने पछि सरकारमा रहेकाहरुले पनि भविष्यमा पछिल्ला पुस्ता कतै सरणर्थी भएर आए आप्mना सन्ततिको लागि राम्रै नै हुने हुदा सोचि बिचार गरी जाने बाटो बनाइ दिए । यी जानेहरु सरकारप्रति आभारी थिए । यसरी आफुलाई गरीखान साखासन्तानसहित कर्मभूमि भन्ने विदेशमा जान पाएकोमा सरकारसित उनीहरु कृतज्ञ थिए । भविष्यमा आप्mना सन्ततिहरुका लागि केही भएमा सरणार्थी सम्म हुने हुन । त्यसो भएमा झन पहिला भएको नतिजा हेर्र्दा अझ राम्रै भै राखेको थियो । त्यसैले त्यो बिचित्रका देशबाट विदेशिएका पछिल्लो बिचित्रका पुस्ताहरु पनि गौरवान्वित थिए ।

 

त्यो देशमा कथा लेखेसी यो कथासित कसैको जीवनीसित मिल्न गए त्यो संयोग मात्र हुने छ । भनि लेख्ने गर्थे । अनि भन्थे रे ः पढ्नेलाई फूलको माला, प्रतिक्रीया दिनेलाई त सुनको बाला, यति भए कथा पक्कै वैकुण्ठै जाला ।

साउथ वेल्स, कुम्ब्रान । यु.के ।


थप समाचार

प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

  • 3 minutes ago
प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।

‘डिभोर्स’ गराउने जन्म कुण्डली

  • 5 minutes ago
‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन

  • 10 minutes ago
उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

‘डिभोर्स’ गराउने जन्म कुण्डली

‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।