पेटको छाला च्यातिएर दिक्क हुनुभएको छ ? अपनाउनुहोस् यी घरेलु उपायहरु

एजेन्सी । हरेक महिलाले आफ्नो जीवनमा धेरै परिवर्तहरु देखेकी हुन्छिन् । महिनावारी, गर्भवती जस्ता अनेक प्राकृतिक परिवर्तन महिलामा आउने गर्छ र ती नै परिवर्तले उनको शरीरमा अनेक समस्या र पीडा पैदा गरिदिन्छन् । 

 

महिलाहरु जब गर्भवती हुन्छन् तब उनीहरुको शरीरका छाला निकै कोमल भएका हुन्छ भने पेटमा बच्चा बढ्दै जाँदा छाला च्यात्तिएर तन्किने गर्छ । साथै चिलाउने अनि त्यहाँ हातले कन्याए, च्यापिएमा पनि छालामा दाग बस्न सक्छ ।

 

त्यतिमात्र होइन बच्चा जन्माइसकेपछि शरीरको अंगहर पूनः पहिलेकै अवस्थामा फर्किन थाल्छन् तर गर्भतवी भएको समयमा छाला तन्किदाँ पेटको छाला च्यातिएको हुन्छ र त्यहाँ निकै नराम्रो दाग बसेको हुन्छ । 

 

लामो समयसम्म नहट्ने उक्त दाग कुनै पनि औषधिको प्रयोगबाट निको नभएको धेरै महिलाहरुको गुनासो रहेको छ । त्यसैले आउनुहोस् केही यी घरेलु उपाय अपनाएर हेर्नुस् विस्तारै च्यातिएको छाला पुरिदैँ जान्छ । 

 

चिनी

 

२ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्ने । त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्ने र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने । १० मिनेटपछि त्यसलाई पखाल्ने ।

 

यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।

 

आलु

 

आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले आलुलाई काटेर मोटो चिरा बनाउने र त्यसलाई दागमा दल्ने ।

 

केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्।

 

सुपारी

 

सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्।

 

ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउने ।

 

त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्न सकिन्छ ।

 

राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ ।

 

खत नहराउञ्जेलसम्म यो विधि अपनाउनु पर्छ ।

 

अण्डाको सेतो भाग

 

उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।

 

घिउकुमारी

 

घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सकिन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ ।

 

यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।


थप समाचार

सलमान अभिनित चलचित्र ‘भारत’को ट्रेलर रिलिज

  • 3 minutes ago
सलमान अभिनित चलचित्र ‘भारत’को ट्रेलर रिलिज

काठमाडौँ । बलिउडका सुपरस्टार सलमान खानको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खानलाई बिभिन्न रुपमा देखाइएको छ ।

मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

  • 13 minutes ago
मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्न । जनगायक जीवन शर्माले अष्ट्रेलियाको मेलवर्नमा सांगितिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको अवसरमा सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका उनले सोमबार साँझ इस्टोनियन हाउमा उनले सांगितिक प्रस

विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

  • 16 minutes ago
विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । नियमित पढाइको मागमा बेवास्ता गरेको भन्दै महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुखकको आज कुर्सी जलाएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।