चालकको घेराबन्दीमा उपभोक्ता, दसैंको मुखमा सास्ती व्यहोर्न बाध्य

काठमाडौं । ढुवानी चालकको आन्दोलनका कारण उपभोक्ता दसैंको मुखमा सास्ती व्यहोर्न बाध्य छन्। सार्वजनिक यातायात तथा ढुवानी चालकको आन्दोलनका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको चर्को अभाव देखा पर्‍यो। सर्वसाधारण सवारी साधन प्रयोगबाट पनि बञ्चित भए।

 

चालकको आन्दोलनका कारण समयमा ढुवानी नहुँदा किसानले मल पाएका छैंनन् भने तरकारी, फलफूल र खाद्यान्न आपूर्तिमा समेत अवरोध भयो। चालकले मंगलबारदेखि पूर्वी र पश्चिमी क्षेत्रमा यातायात ठप्प पारे। आन्दोलनमा सहभागी नहुने कतिपय चालकलाई जुत्ताको माला र कालो मोसो दलेर अभद्र व्यवहार गरियो। सवारी सञ्चालनमा अवरोध सिर्जना गरियो।

 

उद्योगी, व्यवसायी र चालकले दसैंको मुखमै विविध माग राखेर छुट्टाछुट्टै आन्दोलन घोषणा गरी सरकारलाई गलाउने नीति लिए। संसद्मा पेश भएको सवारी दुर्घटनासम्बन्धी विधेयकको विरोधमा चालक उत्रिएसँगै दैनिक उपभोग्य बस्तुको ढुवानी ठप्प छ।

 

अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुमा उपभोक्तालाई समस्यामा पारी आन्दोलन गर्न नपाइने व्यवस्था छ। दैनिक उपभोग्य बस्तु ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न नपाइने व्यवस्था छ। अत्यावश्यक सेवामा अवरोध पुर्‍याए एक वर्षसम्म कैद तथा क्षतिभन्दा दोब्बर जरिवानाको व्यवस्था छ।

 

‘हाम्रो आन्दोलनमा कुनै संघ संगठनको समर्थन र ऐक्यवद्धता छैंन्’, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, ‘सरकारले ल्याउन लागेको सवारी दुर्घटनाविधेयकमा विमति राखेर आन्दोलन सुरु गरेका हौं। माग पुरा नहुँदासम्म यथावत रहन्छ।’ आजको अन्नपूर्ण पोस्ट्बाट ।


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 9 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 10 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 10 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।