IIMS College

ISMT

HUB Education

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।

 

विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ ।

 

घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध मुद्दा दर्ता भएको बताए ।

 

‘मुद्दा दर्तापछि म्याद थप गरेर हामी आवश्यक प्रमाण सङ्कलनमा जुटेका छौँ’, प्रहरी निरीक्षक भट्टले भने, ‘प्रहरी सूक्ष्म रुपमा घटनाको अनुसन्धान गर्दैछ ।’

 

प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उनले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिए । (रासस)


थप समाचार

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 6 minutes ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 22 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 29 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।