अष्ट्रेलियाको एक विश्वविद्यालयका कारण एक छात्रले गुमाए सेक्स पावर, अदालतमा दायर गरे २० करोडको मुद्धा

Education Park

एजेन्सी । उच्च शिक्षाका दौरान किताबको बोझ, दिनहुँको असाइनमेन्ट, परिक्षाको दबाब लगायत अन्य कारण विद्यार्थीहरुमा असिमित तनाव हुनेगर्छन् । 

 

अष्ट्रेलियामा पिएचडी गर्दै गरेका एक भारतीय छात्र केही यस्तै घटनाबाट गुज्रिन पुगे । अष्ट्रेलियामा अध्ययनरत भारतीय छात्र कुलदीप मानले दाबी गर्दै भनेका छन्,‘दाउनविले क्याम्पसमा सामाजिक विज्ञानमा पिएचडीका लागि मैले आवेदन दिएको थिए । यसका लागि मैले २० हजार डलर भुक्तानी समेत गरे । जब मैले दुई विषयका साथ पाठ्यक्रम सुरु गरे तब विश्वविद्यालयले ममाथि साहित्यीक चोरीको आरोप लगायो । उनीहरुले मलाई एडमिशनका लागि रोक लगाए ।’

 

मेन्सएक्सपिी मिडियाका अनुसार उनलाई विश्वविद्यालयले छल गरेको कुलदीपले बताएका छन् । आफ्नो करिअर बर्बाद पार्ने काम विश्वविद्यालयले गरेको उनले आरोप लगाएका छन् । हालसम्म यति सबै ठीक भएको भए उनीसँग पिएचडीको डिग्री हातमा परिसकेको हुने थियो । 

 

उक्त घटनाका कारण आफ्नो जीवनको धेरै पक्षमा तनाव उत्पन्न भएको उनले बताएका छन् । उनले भनेका छन्,‘अब मलाई मेरो पाटर्नरसँग सम्बन्ध बनाउन पनि मन लाग्दैन । यही कारण मेरो श्रीमतीसँगको सम्बन्ध पनि बिग्रिने अवस्थानमा पुगेको छ ।’

 

उनले यो सबै घटनापछि जेम्स कुक विश्वविद्यालयविरुद्ध ३ मिलियन डलरको मुद्धा अदालतमा दर्ता गराएका छन् । विश्वविद्यालयले अनावश्यक तनाव दिएका कारण आफुमा शारिरीक सम्बन्ध बनाउने क्षमता गुमेको उनको भनाइ छ ।  कुलदीपल मानले क्वीसल्याण्डमा रहेको सुप्रिम कोर्टमा २० पानाको दस्तावेज पेश गरेका छन् । उनले आफुले गुमाएको सम्पुर्ण कुराको भरपाइको माग गरेका छन् । अदालत आफुलाई न्याय दिने उनले बताएका छन् ।

 


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 5 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 10 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 21 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।