ढल्केबर सवस्टेसन सञ्चालनमा

  • शुक्रबार, १ भदौ, २०७५
  • 5 months ago
  • अर्थ

काठमाडौँ ।  मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । 

 

नेपालकै हालसम्मको ठूलो स्वचालित २२०-१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो । 

 

सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरु भएको छ । ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत् विद्युत् आयात भइरहेको थियो । 

 

“ढल्केबर सवस्टेसन सञ्चालनमा आउनु र आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण हुनु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो,” उनले भने, “ढल्केबरमै ४००-२२० केभीको अर्को सवस्टेसन निर्माण गरिरहेका छौँ, यसको काम पनि डेढ वर्षभित्रै सकिनेछ ।” विद्युत आदान–प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण भइसकेको थियो । 

 

सवस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात÷निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिए । 

 

स्वचालित भएकाले काठमाडौँको स्युचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सवस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ । सवस्टेसनमा १६०-१६० एमभीए, २२०-१३२ केभीका दुई ट्रान्सफर्मर छन् । सवस्टेसन सञ्चालनमा आएपछि हिउँदमा बढी विद्युत् माग हुने समयमा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार बनेकोे छ । 

 

यस्तै कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी निर्यात गर्नाका साथै उक्त लाइनमार्फत् इनर्जी बैंकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । हाल सो प्रसारण लाइनबाट करीब १०० मेगावाट विद्युत् आयात भइरहेको छ । 

 

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् बढी विद्युत् माग हुने समयमा दैनिकरूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो । अब थप करीब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटाँैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ । 

 

यसअघि ढल्केबरमा सवस्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई ट्रान्सफर्मरमा भाडाका राखी विद्युत् आयात गरिएको थियो । ढल्केबर सवस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताए । 

 

विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत सवस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिएको हो । 

 

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग १२ जुन २०१४ मा हेटौँडा, ढल्केबर र इनरुवामा सवस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो तर सन्तोषजक काम नगरेपछि प्राधिकरणले सिसिपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो । 

 

त्यसपछि ढल्केबर सवस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनवरी २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले छ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो । 

 

 


थप समाचार

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 5 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 19 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 31 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।