प्रतिपक्षीलार्इ सुवास नेम्वाङले यसकारण सम्झाए फूलकाे अाँखामा फूलै संसार गीतकाे हरफ

काठमाडौँ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ...। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले अानि छाेइङ डाेल्माकाे याे चर्चित गीतकाे हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गरे । 

संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उनले भने, 'सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ ।' 

पूर्वसभामुख समेत रहेका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको बताए । 

उनले भने, 'सरकारले नीति तथा कार्यक्रम मार्फत सपना देख्नु नराम्रो हो र ? सपना देख्नु अचम्म हो र ? बजेटले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउँछ, संविधान सबैका लागि स्वीकार्य भएको छ, संविधान सहमतिमा नै जारी भएको हो ।'

सांसद नेम्वाङले साझा दस्तावेजका रुपमा संविधान आएको र समय सापेक्षा रुपमा संविधान संशोधन र परिमार्जन गर्न सकिने बताए । उनले सरकारले (सत्ता पक्ष)ले दम्भ गर्न नहुने चर्चा गर्दै सरकारको कुनै काममा दम्भ भन्दा हार्दिकता आउँछ, मिलेर नै लोकतन्त्रलाई संस्थागत विकास गर्ने बताए ।


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 5 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 5 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 6 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।