'शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाइन्छ, विपक्षी मागलाई स्वीकार गरिन्न'

कायराे । सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताएका छन् । 

 

तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा छन् । उनै शासनकालमा तेलको धनी मानिएको दक्षिण सुडान सन् २०११ मा टुक्रिएको थियो भने डार्फर द्वन्द्वमा संलग्न रहेको आरोपमा उनीमाथि जाति हत्या एवं युद्ध अपराधका निम्ति अन्तर्राष्ट्रिय वारेन्ट जारी भएको छ । 

 

तर डिसेम्बर यता उनी विरुद्ध तीन दशकमै सबैभन्दा ठूलो विरोध प्रदर्शन भइरहेको छ । अरु राजनीतिक दलहरु र युनियनहरुले राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । 

 

सुरक्षाफौजको बाक्लो उपस्थितिको पर्वाह नगरी सडकमा भेला भएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । सबैभन्दा ठुल्ठुला प्रदर्शन राजधानी खार्तुम र त्यस नजिकैको सहर ओम्डुरम्यानमा भइरहेका छन् । अरु सानातिना प्रदर्शन देशका अन्य भागमा समेत जारी छन् । 

 

स्वतन्त्र व्यावसायिक युनियनको छाता समूहले पनि अल–बासिरले राजीनामा दिनुपर्ने र नयाँ अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै सडक प्रदर्शनमा सहभागी भइरहको छ । युनियनले नयाँ सरकारले निर्वाचनको तयारी गर्नुपर्ने जिकिर गरिरहेको छ । 

 

समूहकी प्रवक्ता सराह अब्देल–जलीलले सुडानी जनताका आकाँक्षा पूरा गर्न वर्तमान शासनसत्ता पूर्ण रुपमा प्रतिस्थापन हुनुको विकल्प छैन भने । 

 

“अब यो सत्तासँग मोलमोलाई गर्नु नै छैन । इतिहासले वर्तमान शासनसत्तासँगको वार्ता उपलब्धिमूलक हुँदैन भन्ने देखाइसकेको छ,” उनले भनिन् । “हामी हाम्रो शान्तिपूर्ण प्रतिरोधलाई निरन्तरता दिन्छौं ।” 

 

राष्ट्रपति अल–बासिरले राष्ट्रिय संवादका लागि आह्वान गर्नुको साटो सामान्य छुट दिन सकिने बताउँदै आएका छन् । उनले अर्को वर्ष हुने चुनावमा नयाँ कार्यकालका लागि फेरि योग्य बनाउने गरी संविधान संशोधनको प्रस्ताव अघि सार्नुभएको छ । विपक्षीहरु राष्ट्रपतिको त्यस कदमको विरोधमा छन् । 

 

राष्ट्रपतिले सेनामा आफ्नो पकड बलियो बनाउन सबै प्रान्तका गभर्नरहरु हटाएर वरिष्ट सैनिक अधिकृतहरुलाई नियुक्त गरेका छन् । उनले आपतकालीन स्थितिको घोषणा गर्नुका साथै अवैधानिक भनिएका सबै भेला वा सभाहरुमा प्रतिबन्ध लगाउने तथा प्रदर्शनलाई निस्तेज बनाउन स्वविवेकीय पूर्ण अधिकार सुरक्षा फौजलाई दिएका छन् । 

 

अल–बासिरले गत महिना सरकार पनि बिघटन गरेका थिए । उनले मनोनयन गरेका नयाँ प्रधानमन्त्रीले बुधबार नयाँ मन्त्रिपरिषद घोषणा गरेका छन् । रक्षा र विदेश मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले आफू मातहत राख्नुभएको छ । 

 

अल–बासिरले नेसनल कङ्ग्रेस पार्टीको नेतृत्व त्याग्नु भएको छ तर उनले पार्टी नेतृत्व कट्टरपन्थी इस्लामी नेता अहमद हारुनलाई सुम्पेका छन् । अहमद हारुन पनि सन् २००० को डार्फर द्वन्द्वसँग मुछिएका कारण अन्तर्राष्ट्रिय फौजदारी अदालतको सर्वाधिक खोजीको सूचीमा छन् । 

 

अल–बासिर सेनाको समर्थनमा सन् १९८९ मा सुडानको सत्तामा पुगेका थिए । 

 

अल–बासिर सत्तामा रहेदेखि नै अन्तर्राष्ट्रिय जगतबाट अलग्गिएका छन् । पश्चिमा मुलुकहरुले प्रदर्शन हुन थालेका शुरुआती दिनहरुमा चासो व्यक्त गरेका थिए, तर त्यसयता उनीहरु प्रायः चुपचाप छन् । 

 

अरब मुलुकहरु सामान्यतया तटस्थ देखिएका छन् र उनीहरुको आँखामा अल–बासिर त्यति भरोसायोग्य व्यक्ति होइनन् । 

 

नेता अल–बासिरले पछिल्ला वर्षहरुमा भने अरब मुलुकहरुसँग सम्बन्ध बढाउन चाहेका छन् । उनले साउदी–कतारी द्वन्द्वमा कुनै एक मुलुकप्रति पूर्ण समर्थन जनाएका छैनन् । छिमेकी मुलुक इजिप्टसँगको सम्बन्ध पनि दुई मुलुकबीचको लामो समयदेखिको सीमा विवादका कारण प्रगाढ हुन सकेको छैन । 


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 5 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 6 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।