अन्ततः कान्तिपुर छाडे सुधिर शर्माले, फेसबुकमा लेखे यस्तो स्ट्याटस

काठमाडौं । सुधिर शर्माले कान्तिपुर दैनिकको प्रधान सम्पादक पदबाट राजिनामा दिएको औपचारिक घोषणा गरेका छन् । आफूसँगै द काठमाडौं पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले पनि राजिनामा दिएको उनले बताएका छन् । 

 

‘अहिलेको घडी र विगत १० वर्षको उतारचढावपूर्ण यात्रामा सदैव साथ दिनुहुने श्रद्धेय पाठकहरु, साथी, सहयोगी, शुभेच्छुक एवंम् कान्तिपुर परिवारका सबै सहकमीृहरुप्रति हाम्रो आभार । नमस्ते ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

 

फेसबुकमार्फत यस्तो घोषणा जारी गरेपनि दुवै सम्पादकले मंगलबार दिउँसो आ–आफ्नो समाचार कक्षमा कान्तिपुरमा कार्यरत पत्रकारहरुलाई बोलाएर आफ्नो राजीनामाबारे जानकारी गराएका थिए । 

 

कान्तिपुरमा भारतीय नागरिक रजनिश छिरेपछि सम्पादकीय टिम र मालिक कैलाश सिरोहियाबीचमा बबाल मच्चिएपछि उनीहरुले राजिनामा दिएको खुल्न आएको छ । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुरमा भारतीय पत्रिका टाइम्स अफ इन्डियाका पत्रकार रजनिशलाई अध्यक्षपछिको बरियता दिन लागेपछि उनीहरुले राजीनामा दिएको बताएको छ । 

 

अध्यक्ष सिरोहियाले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्ने निर्णय गरेपछि दुवैजनाले एकैपटक पद त्याग गरेका हुन् । कान्तिपुरमा भारतीय पत्रकार छिरेको भन्नेबारे भने शर्माले केही खुलाएका छैनन् । 

 

 

 


थप समाचार

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

  • 6 hours ago
बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतमा रहेका लिम्बुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने सक्रान्ति भव्य रुपमा मनाएका छन् ।

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

  • 7 hours ago
बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् ।

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

  • 7 hours ago
जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

एजेन्सी । अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।